शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना संक्रमणबाट सञ्चारकर्मी रोहित सरदानाको निधन

कोरोना संक्रमणबाट सञ्चारकर्मी रोहित सरदानाको निधन

  • शुक्रबार, बैशाख १७, २०७८
कोरोना संक्रमणबाट सञ्चारकर्मी रोहित सरदानाको निधन

भारतका चर्चित सञ्चारकर्मी रोहित सरदानाको कोरोना संक्रमणबाट निधन भएको छ । भारतीय मिडियाका अनुसार पत्रकार सरदानाको शुक्रबार विहान दिल्लीस्थित एक अस्पतालमा ४१ वर्षको उमेरमा मृत्यु भएको हो ।

सरदनामा १० दिनअघि कोरोना संक्रमण देखिएको थियो । टेलिभिजन च्यानल आजतकमा कार्यरत ४० वर्षीय सरदनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आज हृदयघात भएर उनको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । जी न्यूज टीभीका सम्पादक सुधिर चौधरीले रोहितको निधन भएको पुष्टि गरेका हुन्। उनले आजतकमा ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार