• होमपेज
  • समाज
  • बाजुरामा खाद्य असुरक्षा बढदै, नागरिक समाजको निष्कर्ष

बाजुरामा खाद्य असुरक्षा बढदै, नागरिक समाजको निष्कर्ष

  • शुक्रबार, बैशाख १७, २०७८
बाजुरामा खाद्य असुरक्षा बढदै, नागरिक समाजको निष्कर्ष

बाजुरा–कोरोनाको संकट सँगै बाजुरा जिल्लामा खाद्य असुरक्षा बढदै गएको पाईएको छ । फियान नेपाल र खाद्य अधिकार सञ्जाल बाजुराले आयोजना गरेको नागरिक समाज सँगको छलफलमा बाजुरामा खाद्य असुरक्षा बढदै गएको जिल्लामा चरम खाद्य संकट निम्तीने निष्कर्ष निकालेका छन् ।
दोस्रो चरणको कोरोनाका लहर बढेपछि रोजगारिका लागि भारत गएका पनि घर फर्केका छन् । अधिकांश बाजुरा बासि भारतमा काम गरेर परिवार पाल्ने गरेका छन् । भारतमा नौकरी गुमाएर गाउँ फर्केपछि गाउँमा चरम खाद्य संकट हुने भएको खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदन राज जैशीले वताएका छन् । गाउँमा पनि रोजगारिको कुनै आधार नभएपछि चाडै बाजुरामा संकट आउने जैशीले थपे ।
कोभिडको संकटमा सबैभन्दा हलिया, दलित, पछाडि परेका बर्गमा चरम खाद्य संकट सिर्जना भएको छ । रिन खोजेर खाद्यन्न जोहो गर्नका लागि पनि रिन कतै नपाउने स्थिती सिर्जना हुदै आएको गैर सरकारी संस्था महासंघ बाजुरा अध्यक्ष अग्निराज शाहिले वताएका छन् । लकडाउनमा सबै भन्दा बढि मजदुरी मारमा पर्ने गरेको शाहिले थपे ।
ईन्सेक बाजुरा प्रतिनिधि पदम सिंहले भने लकडाउनको फाइदा उठाउदै बाजुराका स्थानिय बजारमा कालोबजारी बढ्ने गरेको वताए । प्रशासन तथा स्थानिय सरकारले तत्काल अनुुगमन गरेर खाद्यन्नको ब्यबस्थापनमा गर्न नागरिक समाजले दवाफ दिनुपर्ने सिंहले वताए । एकातिर कोरोनाको कहर अर्कोतिर बर्षात शुरुवात सँग बाजुराका सडक अबरोध हुने भएकाले बाजुरा निकै खाद्य असुरक्षा बढने नागरिक अगुवाले वताएका छन् ।
सरकारले भारत बाट आउनेको कुनै जानकारी समेत नलिने गरेको छ । जिल्लामा भारत नेपाल कोरोनाको कहर भएका शहर बाट बाजुरामा भित्रिने भएपनि स्थानिय सरकार प्रशासनलाई केही वास्ता नभएको छ, यसले जिल्लामा निकै समस्या ल्याउने सक्ने स्थानियले वताएका छन् ।
बाजुरामा यो बर्ष खडेरीले उत्पादनमा कमि आएको छ । भने अर्को तिर बाढिपहिरोले खेतियोग्य जमिन बगाँउदा बाजुरामा बिगत भन्दा उत्पादन कमि आएको छ । कोरोनाको कहर, बाढिपहिरो र खडेरीले गर्दा बाजुरामा दिनप्रतिदिन निकै खाद्य संकट बढदै गएको छ । तत्काल स्थानिय तह, प्रदेश र संघ सरकारले राहत तथा रोजगारका कार्यक्रम ल्याउनु पर्ने नागरिक अगुवा कृष्ण दानिले वताएकि छन् । बाजुरा बिगत देखी नै खाद्य असुरक्षाका जिल्लाका रुपमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार