• होमपेज
  • राजनीति
  • नेकपा माओबादी केन्द्र बाजुराको बिस्तारीत बैठक बस्यो

नेकपा माओबादी केन्द्र बाजुराको बिस्तारीत बैठक बस्यो

  • मङ्लबार, बैशाख १४, २०७८
नेकपा माओबादी केन्द्र बाजुराको बिस्तारीत बैठक बस्यो

बाजुरा — नेकपा बिभाजन पछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको प्रथम बिस्तारित बैठक जिल्ला सदरमुकाम मार्तडी संचालन भएको छ । मंगलबार दिउसो १२ बजे देखी सुरु भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बिस्तारीत बैठक २ दिन सम्म संचालन गरिने भएको छ ।
केपी वलीले संसाद बिघठन गरे पश्चात नेकपा बिभाजन भइसके पछि जिल्ला कमिटिको पहिलो बिस्तारीत बैठकको आह्वन गरि छलफल तथा बैठक बोलाएको नेकपा माओबादी केन्द्र जिल्ला कमिटि बाजुराका कार्यालय सचिव गोरख शार्कीले बताएका छन । पार्टी सचिव रमेश बिकको अध्यक्षतामा संचालन भएको बिस्तारीत बैठकको प्रमुख अतिथि प्रदेश कमिटि सदस्य तथा पुर्ब राज्य मन्त्री केशव बिक रहेका छन ।
बैठकमा बिभिन्न बिषयमा छलफल गरिने भएको नेकपा माओबादी केन्द्र बाजुरले जनाएको छ । बिस्तारीत बैठकमा बिभिन्न संगठनहरु निर्माण गर्नुका साथै पार्टीका गतिबिधीका बिषयमा छलफल गरीने कार्यालय सचिव शार्कीले बताएका छन । सो बैठकले संगठन परिचालन कमिटि, जिल्ला देखी वडा तह सम्मका कमिटि बिभिन्न बिभाग हरु समेत निर्माण गर्ने प्रश्तावहरु सहित बैठकको निणर्य हुने जनाएको छ ।
बिस्तारीत बैठकमा बिशिष्ठ अतिथिको रुपमा प्रदेश सभा सचेतक तथा अछाम क्षेत्र नम्मर २ का सांसद अक्कल बहादुर रावलको समेत उपस्थिती रहेका बताइएको छ । सो बैठकमा नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य दिपक बुढा, कमल कुमारी शाह, बिनिता बिक मान बहादुर बिक र नेकपा माओबादी केन्द्रूका बरिष्ठ नेता महेश शाही, जिल्ला कमिटि सदस्य सचिवालय सदस्यहरु पार्टीका बिभिन्न संगठनका अध्यक्ष तथा नेताहरुको सहभागीता रहेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको प्रथम बिस्तारित बैठक रोयल होटेल को हल मार्तडीमा शुरु भएको छ।
वडा कमिटिका पदाधिकारी,बिभिन्न जनबर्गिय संगठनका पदाधिकारी लगायत, बैठकमा विभिन्न पालिका तथा जनबर्गिय संगठनका प्रतिनिधि द्वारा रिपोर्टिङ्ग गरेको जिल्ला कमिटि सदस्य राजेन्द्र बिकले बताएका छन । बक्ताहरु द्वारा सहभागीलाई समसामयिक राजनैतिक बिषयमा प्रशिक्षण समेत गरेको जनाएको छ भने बिस्तारीत बैठकमा १ सय ८० जना भन्दा बढि नेताहरुको सहभागीता रहेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार