मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्ला पूणखाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बाजुरा जिल्ला पूणखाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  • मङ्लबार, बैशाख १४, २०७८
बाजुरा जिल्ला पूणखाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बाजुरा — बाजुरा जिल्लालाई पूणखाेप सुनिश्चितता तथा दिपोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामीत्व र सहभागीता, पूणखोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ जिल्लालाई घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद गोविन्द्र कुवँरले जिल्लालाई पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखी १५ महिना मुनिका सम्पुणर् बालवालिकालाई खोप लगाएर कोही नछुटेकोले अनुुगमनका आधारमा वडा, पालिका हुदै जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । बाजुरामा १५ महिना मुनिका करिब ६ हजार बालवालिका रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१५ मुनिका बालवालिकालाई १२ वटा सरुवा रोग बिरुद्ध ८ वटा खोप लगाउनुपर्ने हुन्छ । पुण खोपयुक्त घोषणा गर्नका लागि सबै बालवालिकाले एउटा पनि खोप नछुट्याएको हुनुपर्ने स्वास्थ्य कार्यलयका महेश चन्दले वताएका छन् । कोही पनि नछुटेकाले घोषणा गरेको उनले वताए । १६ महिना देखी २३ महिना सम्मका बालवालिका गाउँ गाउँमा खोजेर छुटेकालाई पनि खोप दिएको थियो । कोही पनि नछुटेकाले जिल्लालाइ सुनिश्चितता तथा दिपोपना भए मात्र घोषणा गरेको जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष नरेन्द्र कुमार रोकायाले वताएका छन् ।
बाजुरामा गौमुल गाउँपालिकाले पहिलो स्थानिय तहका रुपमा घोषणा गरेको थियो । सबपरिवार सहित मौसमी बसाइसर्ने भोटे जनजाति समुदायका बालवालिकालाई अस्थायि बसोवास गरेकै ठाँउमा पुुगेर खोप लगाएको थियो । जिल्लामा दुई हजार १ सय १६ जना बालबालिकालाई खोप लगाए नलगाएको बारे प्रत्यक्ष स्वास्थ्यकर्मीले भेटेका थिए । तिनिहरु मध्ये आंशिक रुपमा ४२ बालबालिका खोप लगाएको र एक जना खोप नै नलगाएको पाईएको थियो ।

चर्चामा

सम्बन्धित समाचार