सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ५ जना सक्रिय कोरोना संक्रमीत

बाजुरामा ५ जना सक्रिय कोरोना संक्रमीत

  • मङ्लबार, बैशाख १४, २०७८
बाजुरामा ५ जना सक्रिय कोरोना संक्रमीत

बाजुरा — बाजुरामा कोराना भाइरसका ५ जना सक्रिय संक्रमित पुगेका छन । जिल्ल्ला बाहिर परिक्षण गरी बाजुरा पुगेका १ जना र जिल्लामा एन्टिजेन बाट कोरोना जाँच गर्दा ४ जनामा कोरोना देखीएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
बाजुरा जिल्लामा सोमबार एकै दिन ४ जनामा कोरोना पुष्टी भएको छ । अस्पताल ब्यबस्थापन समिति एक जना सदस्य एक जना अस्पतालका कर्मचारी र २ जना बडिमालिका नगरपालिका वडा न ८ कालाई कोरोना पुष्टि भएको छ । सोमबार अस्पताल बाजुरामा एन्टिजेन बाट कोरोना जाँच गर्दा कोरोना पोजेटिभ भएको अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले वताएका छन् ।
जिल्ला अस्पताल बाजुरामा एन्टिजेन बाट १० जनाको कोरोना जाँच गर्दा ४ जनामा कोरोना देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । कोराना पोजेटिभ देखी ५ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार