बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिम सरकार आइसोलेसन बनाउन असफल, ‘अक्सिजन चाहिने विरामीे मात्रै अस्पताल आउनू’

सुदूरपश्चिम सरकार आइसोलेसन बनाउन असफल, ‘अक्सिजन चाहिने विरामीे मात्रै अस्पताल आउनू’

  • सोमवार, बैशाख १३, २०७८
सुदूरपश्चिम सरकार आइसोलेसन बनाउन असफल, ‘अक्सिजन चाहिने विरामीे मात्रै अस्पताल आउनू’

धनगढी– कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमण दर उच्च भएपछि यहाँका अस्पतालहरु भरिएका छन्।

सुदूरपश्चिम प्रदेशको प्रमुख अस्पतालको रुपमा मानिने सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल संक्रमितले भरिएको छ।

५५ शैय्याको सो कोरोना अस्पतालमा हाल ५२ जना विरामी भर्ना गरिएको अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। अधिकांश विरामीको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी श्रेष्ठले दिनेशखबरलाई बताए।

उनका अनुसार ५२ जना विरामीमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आईसीयूमा, २५ जना अक्सिजन सहयोगमा र १३ जना अस्सिजन मोडरेट तथा मध्यम कडा खालको लक्षण देखिएका विरामीहरु रहेका छन्।

सूचना अधिकारी श्रेष्ठले भने, “हामीले अस्पतालको उपलब्ध क्षमताबारे माथिल्लो निकायलाई जानकारी गराएका छौ। समयमा व्यवस्थापन तथा पहलकदमी तत्काल लिन जरुरी देखिएको छ।”

यस्तै, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल पनि संक्रमितले भरिएको छ। अस्पतालका व्यवस्थापक दिपेन्द्र सिंह रावलका अनुसार महाकाली अस्पतालको अस्थायी कोरोना अस्पतालमा हाल ५४ जना विरामी भर्ना भएका छन्। जसमध्ये ६ जनालाई भेन्टीलेटर र १२ जनालाई अक्सिजन सहायतामा राखिएको छ।

महाकाली अस्पतालमा कोरोनाका विरामीको लागि ५० बेड आइसोलेसन, ६ बेडको आइसीयु र १८ बेड आपतकालीन बेड गरि ७४ बेडको व्यवस्था गरिएको छ।

सो अस्पताल संक्रमित विरामी भएसँगै उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालकै १७ जना चिकित्सकहरुमा कोरोना संक्रमण देखिएपछि जनशक्ति समेत चरम अभाव सिर्जना भएको अस्पताल व्यवस्थापक रावलले दिनेशखबरलाई बताए। हाल संक्रमित चिकित्सकहरु होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा रहेको बताइएको छ। त्यस्तै प्रदेशको पहाडी जिल्लास्थित अस्पतालहरु पनि संक्रमितले भरिएको बताइएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय उपचारको लागि स्थान, जनशक्ति, उपकरणलगायतको व्यवस्थापनमा जुटेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले व्यवस्थापनको लागि संघीय सरकारसँग पनि समन्वय जारी रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार