मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • परीक्षा स्थगित गर्ने सरकारको निर्णय

परीक्षा स्थगित गर्ने सरकारको निर्णय

  • सोमवार, बैशाख १३, २०७८
परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले देशभरका बिद्यालयहरुमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

सबै परीक्षा अर्को आदेश नआउँदा सम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कोरोनाको जोखिम कम भएपछि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन।

चर्चामा

सम्बन्धित समाचार