नेपाली कांग्रेस टीकापुरमा भाँडभैलो भएको छ। कांग्रेस टीकापुरको नगर कार्यसमितिको शनिबार बैठक चलिरहेको अवस्थामा एक समूहले बैठक निर्णय पुस्तिका च्यात्नुका साथै कार्यालयमै तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। घटनापछि कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्नलाई अनुशासनको कारबाही गर्ने जनाएको छ।
नगर समिति सभापति धनराज उपाध्यायले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर सदस्य अंगत बहादुर बिष्टसहितलाई अनुशासनको कारबाही गरिने बताएका छन्। घटनाप्रति भत्सर्ना गर्दै पार्टीको विधान बमोजिम कारबाही गरिने बताइएको छ।