• होमपेज
  • विचार/ब्लग
  • पृथ्वी दिवसको शुभकामना

पृथ्वी दिवसको शुभकामना

  • शुक्रबार, बैशाख १०, २०७८
पृथ्वी दिवसको शुभकामना

प्रिय पृथ्वी हिजो तिम्रो नाममा पृथ्वी दिवस रहेछ थाहा नै भएन । ढिलै भएपनि तिमीलाई पृथ्वी दिवसको शुभकामना छ । तिम्रो नाममा दिवस मनाउन सुरु गरेका ५१ औं बर्ष भएछ । यो सुरुवात १९७० देखि अमेरिकाबाट भएको रहेछ । आधा शताब्दी वितेको रहेछ । हिजो त्यही एकाउन्नौं बार्षिक उत्वस रहेछ तिम्रो । खासमा तिमीले सिर्जना गरेका हरेक कुराको विनाश र क्षयीकरण हुँदै, चराचर जगतका सबै जीवको अस्तित्व संकटमा पर्न लागेपछि वातावरणीय सन्तुलनलाई बचाउनु पर्छ भन्ने केही सामूहिक आवाजले साकार रुप लिएको वर्ष रहेछ सन् १९९० ।
अप्रत्याशित रुपमा विश्व तापमान बृद्धि र जलवायु परिवर्तनका विकराल असरहरु देखिदै छन् । जसको कारण तिम्रो स्वास्थ्यमा दिनानु दिन नराम्रो असर परिरहेकाे छ । तिमी दिनानु दिन अस्वस्थ बन्दैछौ । यसका कारक तत्व मानवीय गतिविधि नै हुन त्यसमा दुई मत छैन । अब हुने हरेक कर्म तिम्रो स्वास्थ्य नै हाम्रो स्वास्थ्य हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै गरेमा पक्कै तिमी स्वस्थ रहने छौ र सबैको भविष्य स्वस्थ हुनेछ । यसरी तिम्रो स्वास्थ्यमा मानवीय व्यवहारले पारेको असर न्यूनीकरण गर्नका लागि सबै माझ जनचेनता फैलाउने अभिप्रायले मनाउन थालिएको रहेछ पृथ्वी दिवस ।
खास गरी विश्वका सबै मान्छेहरुले सहकार्य र समन्वय गर्दै गएमा वातावरण संरक्षण र आरक्षण गर्न सकिन्छ भन्ने विश्वास रहेछ । त्यो गर्नु भनेको मान्छेमात्र नभइ पृथ्वीमा अस्तित्वमा रहेका सबै प्राणीका भावी सन्ततिको सुनिश्चित भविष्यको लागि हो ।
यो कार्यको सुनिश्चितताको लागि सन् २०१६ मा विश्वभरका २०० जति देशहरुको सामूहिक उपस्थितिमा भएको पेरिस सम्झौताले पृथ्वीको पर्यावरण र पारिस्थितिक प्रणालीलाई प्राथमिकतामा राख्न प्रतिबद्ध जनायाे ।
तर विडम्बना, यसका लागि अावश्यक कार्यकाे सुरुवात न भएकाे छ भएपनि यथाेचित रुपमा अगाडि बढन सकेकाे छैन । याे विषयमा समयमै सबैकाे ध्यान जानु अाजकाे अपरिहार्यता हाे ।

चर्चामा

सम्बन्धित समाचार