बाजुरा– नेपाल कम्युनिष्ट पार्टीको ७२ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा विरामीलाई फलफुल र मास्क वितरण गरेको छ । अस्पतालका बिरामीलाइ भेटेर फलफूल वितरण गरिएको जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य भरत थापाले बताएका छन् ।
कोभिडका कारण औपचारिक कार्यक्रम गर्न रोक लगाईएकोले सीमित नेता कार्यकर्ता सहभागि भएर मानव सेवाको भावना सहीत फलफूल वितरण गरिएको पार्टी कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमालेले कोभिड–१९ को अवस्थालाई मध्येनजर गरेर सर्वसाधारणलाई मास्क समेत वितरण गरेको छ । सर्वाहारा गरिब विपन्नको मुक्तीका लागि स्थापना गरिएको कम्यूनिष्ट पार्टीको उदेश्य अनुसार नै विरामीको स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण गरिएको पार्टी सचिवालय सदस्य जनक कुमार बोहराले बताएका छन् ।
विरामीलाई फलफूल वितरण र मास्क वितरण कार्यमा केपी बा स्पोर्टस क्लबका युवाहरु पनि सहभागि रहेका थिए । नेपालमा २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको थियो ।