• होमपेज
  • राजनीति
  • माधब समुहको बाजुरामा १ सय १ सदस्यि कमिटि गठन

माधब समुहको बाजुरामा १ सय १ सदस्यि कमिटि गठन

  • बिहिबार, बैशाख ९, २०७८
माधब समुहको बाजुरामा १ सय १ सदस्यि कमिटि गठन

बाजुरा–नेकपा माधब समुहको बाजुरामा पहिलो बिस्तारीत बैठक सँगै जिल्ला कमिटि बिस्तार गरेको छ । नेकपा एमाले माधब समुहले समानान्तर कमिटि गठन गर्ने निणर्य अनुसार बाजुरामा पनि पहिलो बिस्तारीत बैठक भएको थियो ।
माधब समुह नेकपा एमाले जिल्ला कमिटि सचिब पुर बहादुर रावतकाका अनुसार १ सय १ सदस्यि जिल्ला कमिटि गठन भएको वताएका छन् । पालिका स्तरमा पनि पदाधिकारीलाई जिम्मा दिएर कमिटि गठन गर्ने रावतले बडिमालिका खबरलाई बताएका छन ।
नेकपा माधब समुह बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा शुदुरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह रहेका थिए् । अध्यक्ष गगन रावल सचिब पुर बहादुर र उपसचिब निर बहादुर शाहिले सपथग्रहण समेत गरेका छन् । बैठक सदरमुकाम मार्तडीमा रहेको होटल अपिमा सञ्चालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार