शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ३ लाख बढी संक्रमित

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ३ लाख बढी संक्रमित

  • बिहिबार, बैशाख ९, २०७८
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ३ लाख बढी संक्रमित

एजेन्सी–भारतमा कोरोना संक्रमितको संख्याले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ८०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संख्या अहिलेसम्मकै उच्च हो ।

मृत्यु दरले पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ हजार १०२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ जना पुगेका छन । त्यस्तै कुल मृतकको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा ७१ हजार ९१० जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४१ लाख २२ हजार ७९५ जना पुगेका छन । त्यस्तै थप ३ हजार १५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ३ लाख ८१ हजार ६८७ पुगेको छ ।

त्यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा ६३ हजार २४६ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड २६ लाख २४० पुगेको छ । त्यस्तै थप ८३४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ८३ हजार २८८ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार