शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • विवाद भएपछि बाजुरामा राष्ट्रपति रनिङ्ग सिल्ड स्थगित

विवाद भएपछि बाजुरामा राष्ट्रपति रनिङ्ग सिल्ड स्थगित

  • बुधबार, बैशाख ८, २०७८
विवाद भएपछि बाजुरामा राष्ट्रपति रनिङ्ग सिल्ड स्थगित

बाजुरा–बाजुराकाे सदरमुकाम मार्तडीमा सञ्चालन भएकाे १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता विवाद भएपिछ स्थगित भएकाे छ । दास्राे दिनकाे अन्तिममा विवाद उत्पन्न भएपछि सहमति हुन नसक्दा प्रतियाेगिता नै स्थगित भएकाे छ ।

९ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तहकाे सहभागितामा रहेकाे थियाे । दास्राे दिनकाे खेलमा बुढिगंगा नगरपालिका बाट सहभागि घाइते भएपछि विवाद शुरू भएकाे थियाे । पाँचवटा स्थानिय तहले बडिमालिका नगरपालिकाका प्रशिक्षकले मनाेमानी र दादागिर गरेकाे भन्दै प्रतियाेगिता नखेल्ने जनाएकाे थियाे । तर बडिमालिका प्रशिक्षकहरूले भने अाफुहरूले केही नगरेकाे बिना अाराेप लगाएकाे भन्दै बिज्ञप्ति जारि गरेकाे थियाे । विवाद उत्पन्न भएपनि खेलुकद विकास समितिले विवाद मिलाउन नसक्दा स्थगित भएकाे हाे ।

जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मि बडुवालकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नरेन्द्र राेकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार