शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • पत्रकार शाही द्धारा अभिनित म्युजिक भिडीयो सार्वजनिक भिडियाे सहित

पत्रकार शाही द्धारा अभिनित म्युजिक भिडीयो सार्वजनिक भिडियाे सहित

  • आइतवार, बैशाख ५, २०७८
पत्रकार शाही द्धारा अभिनित म्युजिक भिडीयो सार्वजनिक भिडियाे सहित

बाजुरा — बाजुराका पत्रकार अनिल शाही द्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा थापाले अभिनय गरेका छन । कृष्ण मल्ल ठकुरीले रचना गरेको सो गितमा पत्रकार शाहीले प्रमुख भूमिकामा अभिनय गरेका हुन । नारायण दत्त उपाध्यायले निर्देशन गरेको सो म्युजिक भिडियोको आइतवार सार्वजनिक गरिएको महेश शाहीले जानकारी दिएका छन । बाजुराबाट पत्रकारीतामा कलम चलाउदै आएका पत्रकार शाहीले विद्यालय जीवनकाल देखि नै कलाकारीता क्षेत्रमा रुची राख्ने राख्ने गरेको सो समयमा थुप्रै गित गाएर प्रथम भएको सम्झदै त्यति बेलाको दुख विसाउने चौतारीका रुपमा कलाकारीता रहेको सुनाएको सुनाए । आफु सानो हुदा आफ्ना बुवाको निधन भए पछि गित गाउने गरेको सम्झदै पत्रकार शाहीले पत्रकारीता पेशामा आर्कषित हुनुको प्रमुख कारण नै कलाकारिता भएको बताए । उनले रेडियोमा गित सुन्न र गाउन पाइने भएकै कारण आफू त्यस तर्फ लागेको र अहिले बाजुराको कोल्टीमा रेडियो बुढीनन्दा सञ्चालन गरिरहेको बताएका छन । वाल्यकाल देखि नै कलाकारीता तर्फको लगावकै कारण यो म्युजिक भिडियोमा आफूले अभिनय गरेको उनले बताए । एक दशक भन्दा बढी समय देखि पत्रकारीता क्षेत्रमा सक्रिय रहेका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो ।                                                  https://m.youtube.com/watch?v=ge84lO2LK1o&feature=share

चर्चामा

सम्बन्धित समाचार