धनगढी– सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका -१० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। अ
स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।