बाजुरा–बाजुराको साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । बैकल्पि बाटो नखोले बर्षातमा सडक पुणर् रुपमा बन्द हुने देखिएको छ ।
गत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध हुदै आएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि अहिले पनि पहिरोले सडक भासिएर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने गैह्रेले वताए । अर्को बैकल्पिक मार्गका लागि सडक बिभाग सँग पहल त भएको हो तर केही निष्कर्ष नआएको उनले वताए ।
बैकल्पि बाट खोल्नका लागि करिब ५ किलोमिटर माथि नयाँ मार्ग खोल्नका लागि पहल पटक पटक भएपनि तर कतै बाट शुरु भएको छैन् । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । बैकल्पि बाटो नखोले बर्षातमा पुणर् रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई थुन्दै आएको छ । अर्को बाट पहिरो आएर नदि थुनिएपछि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । गत भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । साथै बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवार बिस्थापित समेत भएको स्थानिय दीपक खत्रीले बताए । विस्तावित परिवारमा बुढिगंगा नगरपालिका १ का टिकाराम पाध्याय, मीमाराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय रहेका छन् । विस्तापीत परिवार अमकोटको माथि गाँउमा सरेका छन् । परिवार बिस्थापित सँगै उनिहरुको खेतियोग्य समिन समेत पहिरोले बगाएको थियो ।
तिन बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । बिगत ३ बर्ष देखी बर्षातमा सडक अबरोध हुदै आएको शाहिले वताए ।
साँफे बगर डिभिजन कार्यलयका प्रमुख ललित खनालले भने सडक बिभाग सँग पहल गरिरहेको त्यसको दिर्घकालिन ब्यबस्थापनका लागि कतै बाट केही नभएको वताए । भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको उनले वताए । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुणर् रुपमा बन्द हुने भएपनि बैकल्पि मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।