बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

  • बिहिबार, बैशाख २, २०७८
बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

बाजुरा– बुढिनन्दा नगरपालिकाका उपमेयर सृष्टी रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका लागि योगदान पुर्‍याएकाे भन्दै बुधबार रेग्मि सम्मानित भएकि हुन् ।

पदक पाएपछि उनले उक्त मानपदक नगरवासीमा सर्मपित गरेको बताएकी छिन्। ‘यस यात्रासम्म आइपुग्न अहम् भूमिका खेल्ने मेरो परिवार, पार्टीका अभिभावक, गुरुवर्ग तथा मित्रहरू प्रति हार्दिक आभारी छु’ उनले वताएकि छिन्।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले सम्मान गर्दै आएको छ। सरकारले गतवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। रेग्मि संविधान दिवसको अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाका उपप्रमुखका रुपमा कार्यरत रेग्मी पनि बिभुषित भएकी हुन ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार