शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • समुदायमा फैलिँदै यूके भेरियन्ट

समुदायमा फैलिँदै यूके भेरियन्ट

संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट

  • बिहिबार, बैशाख २, २०७८
समुदायमा फैलिँदै यूके भेरियन्ट

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ ।

विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार