बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • सांसद बल्देब रेग्मी किन बसे मौन ? पत्रकारको फोन पनि उठाउदैनन्

सांसद बल्देब रेग्मी किन बसे मौन ? पत्रकारको फोन पनि उठाउदैनन्

  • मङ्लबार, चैत्र ३१, २०७७
सांसद बल्देब रेग्मी किन बसे मौन ? पत्रकारको फोन पनि उठाउदैनन्

बाजुरा — नेकपा दुुइधारमा उभिसँगै प्रदेश क का सांसद बल्देब रेग्मी भिम रावल प्यानलमा उभिएका थिए । केही समय मौन बसेका रेग्मी नेकपा हुँदा एक पक्षको बाजुराको कोल्टीमा बिरोध सभामा सार्वजनिक भए सँगै उनि माधब प्यानमा लागेको प्रष्ट भएको थियो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादि केन्द्रलाई ब्युत्याएपछि सांसद रेग्मि अहिले मौन बसेको उनको नजिकका एक कार्यक्रताले बडिमालिका खबरलाई बताएका छन् । नेकपा एमाले प्रष्ट दुुइ धारमा छ, माधब समुहले समानान्तर कमिटि गठन गरिरहेको छ । तर सांसद रेग्मि भने अहिले मौन बसेको पाईएको छ ।
रेग्मी नेकपा एमाले बाजुराका निर्वाचित सचिब हुन् । केही दिन पहिला मात्र नेकपा बाजुराको सचिबमा माओवादी केन्द्र बाट आएका माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढालाई सचिब बनाएको शुदुरपश्चिम प्रदेश अध्यक्ष कणर् बहादुर थापाले जिल्ला जिल्लामा पत्रचार गरेको थियो । त्यो बेला पनि सांसद रेग्मिलाई फोन गर्दा उहाँले फोन उठाएनन् । सचिब भरत बुढा नबनाउदा पहिला बडिमालिका खबरले बल्देब रेग्मिको पाटि सचिब जोगिएला त भने समाचार प्रकाशित गरेको थियो । त्यो बेला सांसद रेग्मिले आफु निर्वाचित रहेको कसैले हटाउन सक्दैनन् भनेर प्रतिक्रिया दिएका थिए । तर बुढालाई सचिब बनाइसकेपछि भने उनि सम्पर्कमा आउन चाहेका छैनन् ।
माधब समुहले जिल्लामा समानान्तर कमिटि गठन गर्दा जिल्ला अध्यक्ष बल्देब रेग्मि नै हुने आकंलन गरिएको थियो । तर नेकपा एमाले उपसचिब रहेका गगन रावललाई समानान्तर कमिटिको अध्यक्ष बनाएपछि बल्देब रेग्मि बारे धेरै चासो उब्जिएको छ । रेग्मि प्रदेश वा केन्द्र तिर जाने धेरैले आशंका गरेपनि उनका निकष्ट एक कार्यक्रताले भने अहिले कतै नलाग्ने केही समय मौन बस्ने रहेकाले उहाँ मौन बसेको वताएका छन् । राजनितिक घटनाक्रम अनुसार अहिले मौन बस्ने केही समयपछि मात्र निणर्य लिने एक स्रोतले वताएको छ ।
सांसद रेग्मिलाई बडिमालिका खबरले पटक पटक फोन गरेपनि उहाँले फोन उठाएका छन् । यसले पनि उनि मौन बस्ने चाँहेको तर कतै खुल्न नखोजेको बुुझन सकिन्छ, पत्रकारहरु सँग केहीन केही प्रतिक्रिया दिनुपर्ने हुन्छ भनेर पनि फोन नउठाएर रेग्मि मौन बसेको पाईएको छ । जिल्लाको एक सांसद भएकाले पनि पत्रकार किन फोन उठाउदैनन्, भन्ने पत्रकारहरुमा चासो समेत बढेको छ ।
माधब समुहले नेकपा एमालेका उपसचिब रहेका रावललाई माधब समुहले बाजुरा अध्यक्षमा चयन गरेको छ । त्यस्तै सचिबमा पुर बहादुर रावत र उपसचिबमा निर बहादुर शाहिलाई चयन गरेको छ । अन्य जिल्ला कमिटि भने बिस्तार गर्ने तयारी रहेको माधब समुहले वताएका छन् । पुर रावत नेकपा एमाले जिल्ला कमिटि सदस्य रहेका थिए, भने शाहिले भने नेकपा एमालेमा जिल्ला कमिटिमा रहेका थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार