बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेनरोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेनरोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

  • मङ्लबार, चैत्र ३१, २०७७
रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेनरोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

काठमाडौं–सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस कुदिसकेको अवस्थामा समेत सिंगल रन लिएका थिएनन् ।

मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । जोस बटलर र रियान परागले समान २५ र शिभव दुवेले २३ रन जोडे ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए । यस्तै हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार