शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बालविवाहको पराकाष्ट, २० बर्ष नपुुग्दै सबैकाे विवाह

बालविवाहको पराकाष्ट, २० बर्ष नपुुग्दै सबैकाे विवाह

  • सोमवार, चैत्र ३०, २०७७
बालविवाहको पराकाष्ट, २० बर्ष नपुुग्दै सबैकाे विवाह

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बालविवाहको पराकाष्ट रहेको छ । करिब ४ सय परिवार रहेको गाउँमा २० बर्ष पुुगेका अविवाहित महिला र पुरुष कोही नभएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
१५ बर्ष नपुुग्दै बिहे गरिसक्छन्, २० बर्ष सम्म त दुुईतिन बच्चा जन्माइसक्ने स्थानियले वताएका छन् । यो गाउँ नेपालकै सबै भन्दा बढि गरिब गाउँका रुपमा परिचित रहेको छ, यहाँ चरम वालबिवाह हुने गरेको छ ।
मुक्तिकोट गाँउका धेरै उच्च शिक्षा पढन नपाएर बिद्यालय छोडने गरेका छन् । गाँउनजिकै कक्षा १० सम्म रघुमाता माबि भएपनि उच्च शिक्षा पढन बाहिर जानुुपर्ने भएकाले बिद्यालय छोड्ने गरेका छन् । १० पास पछि पहिलो योजना बिहे हुने गरेको पाईएको छ ।
कक्षा १० सम्म जेनतेन पढछन्, बाहिर जाने पैसा हुुदैन, बाध्यता भएर विवाह गर्ने गरेको स्थानिय बताँउछन् । आर्थिक नभएकाले कक्षा ८ मै बिद्यालय छोडेका छन् । स्थानिय चन्दननाथ निमाबिमा अध्यनरत पदमले आर्थिक अभाब भएकाले यो बर्ष मात्र बिद्यालय छोडेको बताए । १८ बर्षिय शोभा बिकले कक्षा १० सम्म गाँउमै पढिन्, बाहिर पढने पैसा नभएपछि बिहे गरेको वताईन्, उनि अहिले ५ महिनाकी गर्भवती रहेकी छन् । उनकै साथि सिता बिकले पनि १७ बर्षकै उमेरमै बिहे गरेर ६ महिनाको गर्भवती रहेको वताईन् ।
शोभा बिक सँग कक्षा १० सम्म ७ जना पढने गरेकि थिईन्, । सबैले बिहे गरिसकेको शोभाले वताईन्, केहीले बच्चा समेत पाईसकेको वताईन् । पासुरी बिक भन्छन्, १० पास त भए बाहिर गएर पढन पैसा भएन्, घरमा त्यतिकै बस्नुुभन्दा त बिहे गरेको वताईन् । प्राय केटी ८ कक्षा पढदा पढदै वालविवाह गर्ने गरेको पाईन्छ ।
पासुरी भन्छन् “एक त घरमा खाना पुग्दैन्, अर्कोतिर कापि कलम किन्नलाई पैशा हुदैन, अनि बाध्य भएर बिद्यालय छोडेको वताईन्” । स्थानिय राम बहादुर बिक भन्छन्, १ बर्ष यता मात्र ३० जनाले वालविवाह गरेको वताए । गाँउमा २० बर्ष उमेर पुुगेर बिहे गरेको कोही भेटिदैन्, गाँउमा वालविवाह भयाभय स्थिति भएको बताँउछन् ।
वालविवाह यहाँका लागि सामान्य भएको गाँउलेहरु बताउने गरेका छन् । कक्षा १० सम्म पढने गरेका हुुन्छन्, केटाहरु पनि विवाह गरेर कामका लागि भारत जाने गरेको बलले वताए । छोरीहरु बिहे गरेर घरधन्दा चलाउछन्, छोराहरु कक्षा १० पढेर बिहे गर्छन्, कामका लागि भारत जाने गरेको स्थानिय सामाजिक अगुवा मनबिर बिकले वताए । यो गाउँ सदरमुकाम मार्तडी बाट निकै टाढाको गाउँ हो, ३० बर्ष पुुग्दा सम्म ७ भन्दा बढि बच्चा जन्माइसकेका हुन्छन् ।

चर्चामा

सम्बन्धित समाचार