शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

  • सोमवार, चैत्र ३०, २०७७
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लण्डन — बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात महिनायताकै कम भएको छ । इंग्ल्यान्डमा जारी लकडाउन खुल्न केही घण्टामात्र बाँकी रहँदा मृतक संख्यामा कमी आएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको मात्र जनाको मृत्यु भएको छ ।

मृतक संख्या गत वर्षको सेप्टेम्बर १३ पछिकै सबैभन्दा कम हो । सेप्टेम्बर १३ मा ५ जनाको मृत्यु भएको थियो । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८७ पुगेको छ । यसैगरी बितेको २४ घन्टामा १ हजार सात सय ३० जना कोरोना संक्रमित थपिएका छन् । एक हप्तामा १८ हजार ४३० जना संक्रमित थपिएका छन् ।

यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६९ हजार ७७५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३०.२ प्रतिशतले ह्रास आएको हो । खोपको दोस्रो डोज वितरणमा नयाँ रेकर्ड बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरणमा नयाँ कीर्तिमान कायम भएको छ । शनिबार ४ लाख ७५ हजार २३० जनाले खोपको दोस्रो डोज लगाएका छन् । अघिल्लो दिन शुक्रबार पनि एकैदिनमा ४ लाख ५० हजार भन्दा बढीले दोस्रो डोज लगाएका थिए ।

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता हालसम्म तीन करोड ९५ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९५ लाख ८७ हजार ८९३ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २१ लाख २१ हजार ३५३ जनाले खोपको पहिलो र ७४ लाख ६६ हजार ५४० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार