बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङको छविस पाथिभेरा गाउँपालिकामा पहिलो चोटि माछापालन व्यवसाय सुरु

बझाङको छविस पाथिभेरा गाउँपालिकामा पहिलो चोटि माछापालन व्यवसाय सुरु

  • शनिबार, चैत्र २८, २०७७
बझाङको छविस पाथिभेरा गाउँपालिकामा पहिलो चोटि माछापालन व्यवसाय सुरु

शिवजी मण्डेल/बझाङ — जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा एक युवाले माछा पालन व्यवसाय सुरु गरेका छन् । छविस पाथिभेरा गाउँपालिका वडा नं ६ का युवा शिवराज पुनले माछा पालन व्यवसाय सुरु गरेका हुन् ।

उनलेे आफ्नै २ लाख ५० हजारको लागतमा गाउँपालिकाको वडा नं ६ माटेसाघुमा उक्त व्यवसाय सुरु गरेको बताउनु भएको छ । १ लाख ५० हजारमा माछा पोखरी निर्माण गरेको र १ लाखका माछाका भुरा पोखरीमा राखिएको बताए  । पहिलो चरणमा ६ हजार माछाका भुरा राखेको थिए तर तीन हजार भुरा परेका समेत उनलेे बताए ।

No description available.
फेरि अहिले ३ हजार माछाका भुरा थपेको छु उनले भने अहिल्यै आफ्नो माछा पोखरीमा ६ हजार माछा रहेका बताएका छन् । पहिला पहिला आफूलाई त्यति ज्ञान नभएको कारणले माछाका भुराहरू मरेका उनको भनाइ रहेको छ ।
गाउँपालिकाकै पहिला माछापालन व्यवसाय आफूले सुरु गरेको उनले भने यो व्यवसायबाट आफूलाई फाइदा हुने देखेको छु उनले बताएका छन ।  विदेश जान्छु भनेर काठमाडौं सम्म पुगे तर मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर फेरि अहिले घर फर्किएर माछापालन व्यवसाय सुरु गरेको उनले बताए ।
काठमाडौंमा यस्ता व्यवसाय गरेको देखेको र देखेकै आधारमा घरमा आएर आफूले व्यवसाय सुरु गरेको बताए । अहिले सुरुवात मात्रै रहेको र राम्रो आम्दानी भए व्यवसाय दर्ता गरेर गर्ने पनि उनले भने । लाखौंलाख नेपाली युवाहरू विदेशिने भएकाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सिकाउन आफूले माछापालन व्यवसाय सुरु गरेको  बताए  ।

चर्चामा

सम्बन्धित समाचार