बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघको प्रदर्शन

मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघको प्रदर्शन

  • बिहिबार, चैत्र २६, २०७७
मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघको प्रदर्शन

मुगुको सोरू गाउँपालिका वडा नम्बर ८ की ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ।

बालज्योति प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्ने चौलागाईं गत शनिबारदेखि हराएकी थिइन्। उनको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो।

‘यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गर्दछौं,’ नेविसंघका अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति निकालेर भनेका छन्।

घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेविसंघले माग गरेको छ।

साथै नेविसंघले उक्त घटनाको विरोध र घटनामा संलग्न रहेकाहरूलाई कारवाहीको माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ। घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराईले बताए।

चर्चामा

सम्बन्धित समाचार