बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कैलालीमा अटो र स्कुटर ठोक्किए, २ जना घाइते

कैलालीमा अटो र स्कुटर ठोक्किए, २ जना घाइते

  • बुधबार, चैत्र २५, २०७७
कैलालीमा अटो र स्कुटर ठोक्किए, २ जना घाइते

धनगढीः कैलालीमा अटो रिक्सा र स्कुटर एकआपसमा ठोक्किएका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ मा टीकापुरबाट लायकपुरतर्फ जादै गरेको भे १ स ७६४७ को इ अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको भे १ प७९५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर स्कुटर चालक जानकी गाउँपालिका–८ बन्दीपुर बस्ने २३ वर्षीय तिलक खनाल र पछाडी सवार सोही ठाउँका २६ वर्षीय कमलेश थापा रहेका छन्।

उनीहरुलाई टीकापुरमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ।

अटो रिक्सा र चालक जानकी गाउँपालिका–३ बस्ने ३२ वर्षीय दीपक घिमिरेलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार