बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कैलालीको गोदावरी आर्यघाटमा पानीको हाहाकारः दाहसंस्कार गर्न पनि समस्या

कैलालीको गोदावरी आर्यघाटमा पानीको हाहाकारः दाहसंस्कार गर्न पनि समस्या

  • बुधबार, चैत्र २५, २०७७
कैलालीको गोदावरी आर्यघाटमा पानीको हाहाकारः दाहसंस्कार गर्न पनि समस्या

धनगढी–कैलालीको गोदावरी आर्यघाटमा पानीको हाहाकार भएको छ। अन्तिम संस्कार गरिदै आएको गोदावरी आर्यघाट क्षेत्रमा चैत महिनापछि पानी सुकेको हो। नदीमा पानी नभएकाले आर्यघाटमा दाहसंस्कारमा समस्या हुने गरेको छ।

चुरे क्षेत्रको वन मासिनु र बसोबास बढेकाले नदीको पानी सुकेको हुन सक्ने अनुमान गरिएको छ। नदीको पानी सुक्ने समस्याले दाहसंस्कार गर्न समस्या हुने गरेकोले पोखरी निर्माण गर्नुपर्ने सुझाव दिइएको छ। तर निर्माण गरिएको एक पोखरीमा पानी थिएन्।

आर्यघाट क्षेत्रमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको भएपनि सो काम जारी छ। नदी क्षेत्रमा फोहार छ। पानी नभएका कारण अन्तिम संस्कारका लागि बालिएको चिताका काठ तथा कोइलाहरु बगेका छैनन्। नदी किनारमा अन्तिम संस्कारमा प्रयोग भएका कात्रोसहितका कपडाहरु पनि छरपस्त्र फालिएका देख्न सकिन्छ।

अन्तिम संस्कार गर्न पनि पानीको अभाव भएको बताउदै सो क्षेत्रमा बसोबास गर्दै आएका स्वामी कमल नाथले भने, “नदीमा पानी छैन्। पहिलेका वर्षहरुमा यस्तो समस्या थिएन्। यो वर्ष चैत सुरुभएदेखि नदीमा पानी छैन। माथितिर सानो पानी भएपिन यो ठाउँमा छैन। मन्दिर क्षेत्रमा भएको पानी पनि कुलोमा लगिएको छ। पोखरीको पानी पनि यसपाली सुकेको छ।”

उनी २०७० सालदेखि आर्यघाट क्षेत्रमै बसोबास गर्दै आएका छन्। तर अहिलेसम्म नदीमा पानीको समस्या थिएन।

यो वर्ष चैत सुरु भएदेखि नै आर्यघाटमा पानीको अभाव भएको हो। आर्यघाट क्षेत्रमा पानी नभएकाले अहिले आर्यघाटदेखि केही माथिको क्षेत्रमा अन्तिम संस्कार गर्न थालिएको छ। उनले भने, “आर्यघाट क्षेत्रमा एक थोपा पनि पानी छैन। माथिल्लो क्षेत्रमा अन्तिम संस्कार गरिदै आएको छ।”

पानीको स्रोत सुकेकाले नदीमा पानीको हाहाकार भएको अनुमान गरिएको छ। गाेदावरी मन्दिर क्षेत्रमा केही मात्रामा पानी छ। तर कुलोबाट सो पानी स्थानीयले लगेर प्रयोग गरेका छन्। तर आर्यघाट क्षेत्रमा एक थोपा पानी छैन्। चैत–बैशाखमा अभाव टार्न पानी संञ्चित गर्ने योजना ल्याउन आग्रह गरिएको छ।

यता गोदावरी नगरपालिका प्रवक्ता तथा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले नदी क्षेत्रको पानी सुरक्षाका लागि नयाँ योजना नभएको बताए। तर धार्मिक क्षेत्रमा पानीको हाहाकार भएकाले विकल्प सोच्ने उनले बताएका छन।

चुरे क्षेत्रका जंगलमा भएको दोहन र बसोबासका कारण नदीको पानी प्रत्येक वर्ष कम हुँदै गएको अनुमान गरिएको छ। तर गोदावरी क्षेत्रमा नदी तथा जमिन मुनीको पानी कम हुँदै जानुको कारणबारे अध्ययन भने भएको छैन्।

चर्चामा

सम्बन्धित समाचार