शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र हलिया परिवारलाई आर्थिक सहयोग

अलपत्र हलिया परिवारलाई आर्थिक सहयोग

  • मङ्लबार, चैत्र २४, २०७७
अलपत्र हलिया परिवारलाई आर्थिक सहयोग

बाजुरा–बुढिनन्दा नगरपालिका १ पिपलडालिका बस्ने हलिया शेर सार्कीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । शेर बहादुर सार्कीका सबै सदस्य बिरामी परेको समचार प्रकाशित पछि सहयोग जुटेको हो ।
उनलाई खाद्यन्न र नगद सहयोग गरिएको छ । शेर सार्कीको परिवारलाई सगरमाथा आरोही जाङ्गुु शेर्पाले १० हजार बुढिनन्दा नगरपालिका १ घर भइ हाल काठमाडौ बस्ने बिपि नेपालि काँग्रेस केन्द्रिय सदस्य राधिका खड्काले ५ हजार सहयोग गरेकि छन् ।
त्यस्तै सब ईन्जिनियर एसोसियन नेपालले परिवार बिच्चलीमा परेको समचार पछि ५ हजार सहयोग गरेको अध्यक्ष ुसागर सिंह सेवाले बडिमालिका खबरलाई बताएका छन् । संस्थाले सब इन्जिनियरहरुको हक हितका काम गर्ने उद्देश्यले संस्था दर्ता भएको अध्यक्ष सेवाले वताए । साथै संस्थाले सामाजिक सेवा पनि गरिरहेको उनले वताए ।
आर्थिक सहयोग भएपछि शेरको परिवारलाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र र स्थानिय मेडिकलकमा उपचार भइरहेको छ । सहयोग पाँउदा श्रीमतिको उपचार गर्न पाएको शेरले वताएका छन् ।
ज्याला मजदुरी गरेर छाक टार्दै आएका शेरको परिवारमा सबै सदस्य बिरामी परेपछि परिवार नै अलपत्र रहेको स्थानिय हिक्मत वडले वताएका छन् । शेरकी ८ बर्षिय छोरी ईश्वरा सार्की कालाजारको बिरामी छन्, भन्ने अन्य सदस्य ज्वरोले थलिएका छन् । घरका सबै सदस्य बिरामी परेका थिए । औषधि किन्ने पैसा समेत नहुँदा अलपत्र रहेको शेर सार्कीले वताएका छन् । शेरकी श्रीमति कमला सार्की, ३ बर्षको छोरा सस्त सार्की र २ बर्षको छोरा एक सार्कीलाई पनि ज्वरो आउने पेट दुख्ने समस्याले थलिएका छन् ।
शेर सार्की मानसिक रुपमा ठिक छैनन्, उनकि श्रीमति कमला सार्कीले काम गरेर परिवार पाल्ने गरेकि थिईन्, उनि पनि बिरामी भएपछि एक छाक खानलाई समेत नभएको स्थानिय मनबिर सार्कीले वताए । शेर सार्कीको परिवार उसै पनि हलिया समुदाय हुन्, उनको एक सानो छाप्रो भन्दा अरु केही नरहेको स्थानियले वताएका छन् ।
उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा श्रीमति छोरा छोरी बोकेर लिए । स्वास्थ्यकर्मीले केही औषधि बाहिर बाट किन्नुपर्छ भनेका थिए । पैसा नहुँदा औषधि नकिनेर बिरामी बोकेर घर ल्याएको शेर सार्कीले वताए । शेरले उपचारमा सहयोग गरिदिन सबैलाइ आग्रह समेत गरेका छन् । आर्थिक अबस्था निकै कमजोर भएका हलिया समुदायमा बिभिन्न समस्याले भोग्दै आएका छन् । पिपलडालि गाउँमा मात्र ४८ जना परिवार रहेका छन्, सबै परिवारमा चरम खाद्य संटक सिर्जना भएको छ ।
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार