शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु

डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु

  • सोमवार, चैत्र २३, २०७७
डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु

२३ चैत, मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।

डढेलो मकवानपुर यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चर्चामा

सम्बन्धित समाचार