बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगामा फैलिएको भाइरल ईन्फुलन्जा ए रहेको पुष्टि

बुढिगंगामा फैलिएको भाइरल ईन्फुलन्जा ए रहेको पुष्टि

  • शुक्रबार, चैत्र २०, २०७७
बुढिगंगामा फैलिएको भाइरल ईन्फुलन्जा ए रहेको पुष्टि

लक्ष्मीराज पाध्याय–बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा बिद्यार्थीमा भाइरल ईन्फुलन्जा ए रहेको पुष्टि भएको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । ज्वरोले बिद्यार्थी बिरामी पर्न थालेपछि बुढिगंगा नगरपालिकाले १४ जनाको स्वाब संकलन गरेर नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकुु काठमाडौ पठाइएको थियो ।
१४ जना मध्ये १० जनामा भाइरल ईन्फुलन्जा ए देखिएको स्वास्थ्य सहसंयोजक हस्त खडायतले वताएका छन् । तिनिहरु सबैको कोभिड जाँच गर्दा भने सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । धुरालसैन माबिमा बिधार्थी बिरामी पर्ने थालेपछि नगरप्रमुख दिपक बिक्रम शाह र डा. रबि लामिछाने सहित स्वास्थ्यकर्मीको टिम चेकजाच तथा उपचारका लागि पुुगेको थियो ।
भाइरल ईन्फुलन्जा ए देखिएपनि अहिले नियन्त्रणमा आइसकेको सहसंयोजक खडायतले वताएका छन् । नगरपालिकाले स्वास्थ्यकर्मी सहितको टोलि भाइरल प्रभाबित क्षेत्रमा पठाएर उपचार गरेको थियो, अहिले भने सामान्य भइसकेको जनाएको छ ।
१ सातामा धुरालसैन माबिमा २ सय भन्दा बढि बिद्यार्थी बिरामी परेको थिए । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिदै आएको थियो । शुरुमा कापेर ज्वरो आउने ज्वरो दुुईदिन सम्म लगातार ज्वरो आउने बिस्तारै कम भएर ठिक हुने गरेको छ । बढि ज्वरो आएका घरमै रहेका छन् । बिद्यालयमा मात्र नभई गाउँमा पनि यस्तो समस्या भइरहेको वताएका छन् । मौसमका कारणले यस्तो समस्या भएको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार