शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यक्ष थापा भन्छन्, कामका लागि भरत बुढालाइ सचिबमा ल्याएका हौ

अध्यक्ष थापा भन्छन्, कामका लागि भरत बुढालाइ सचिबमा ल्याएका हौ

  • शुक्रबार, चैत्र २०, २०७७
अध्यक्ष थापा भन्छन्, कामका लागि भरत बुढालाइ सचिबमा ल्याएका हौ

बाजुरा–नेकपा एमाले शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापाले पाटिले कसैलाई कार्यवाहि गरेका छैनौ, अहिले कामका लागि भरत बुढालाई नेकपा एमाले जिल्ला कमिटि सचिबमा ल्याएको वताएका छन् । बडिमालिका खबर सँगको कुराकानीमा थापाले भने बल्देब जी छदै हुनुहुन्छ, पार्टीले कसैलाई कार्बाही नगरेको वताए ।
नेकपा एमाले जिल्ला कमिटि सचिब बल्देब रेग्मिको ठाँउमा भरत बुढालाइ सचिबमा ल्याएपछि बाजुरामा पनि नेकपा एमाले भित्र राजनितिक तरङ्ग आएको छ । थापाले बल्देब रेग्मिलाई कुनै कार्यवाहि केही नगरेर भरत बुढालाई ल्याएको भनेपनि माधब पक्षधर जिल्लास्तरका एक नेताले भने रेग्मि माधब गुटमा लागेकै कारणले हटाएर भरत बुढालाई ल्याएको वताएका छन् ।
नभए रेग्मि अबिधेशन बाट निर्वाचित हो, उहाँलाई हटाउनुपर्ने कुनै कारण नभएको वताए । अध्यक्ष थापाले पाटीमा उप सचिव र उपाअध्यक्ष भन्ने पद समेत नरहेको वताएका छन् । भरत बुढा माओवादी केन्द्र बाजुराका जिल्ला संयोजक रहेका थिए । नेकपा हुँदा बुढा केपी ओली पक्षमा उभिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार