शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड

अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड

  • शुक्रबार, चैत्र २०, २०७७
अमेरिकामा गर्मीले तोड्यो १११ वर्षको रेकर्ड

अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीब्र रुपमा बढेको यो गर्मीका कारण समुद्री तटमा पुगेका छन् । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीबीच रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुग्यो ।

यो अघिल्लो वर्षको तुलनामा ७–८ डिग्री बढी हो । स्यान डिएगोस्थित नेशनल वेदर सर्भिसको मौसम विज्ञ मार्क मीडेले यो वर्ष चिसो मौसममा रेकर्ड बर्फबारी त भयो । तर चिसो अचानक समाप्त भयो । यसकारण अमेरिका र युरोपमा हिटवेव चल्न थाल्यो ।

यसकारण वसन्त ऋतु नआउँदै एक महिना अघि गर्मी आयो । मीडेका अनुसार बुधबार स्यान डिएगोमा तापक्रम ३२.७ डिग्री दर्ता गरियो । यसअघि यहाँ सन् १९१० मा ३१ डिग्री तापक्रम दर्ता गरिएको थियो । स्मरण रहोस्, ५ फेब्रुअरीमा अमेरिकामा पाँच फिटसम्म बर्फबारी भएको थियो ।

जर्मनी, नेदरल्याण्ड, फ्रान्स र बेलायतमा मार्च सबैभन्दा गर्मी रह्योः

अमेरिकामा मार्चमा रेकर्ड तोड गर्मी हुने पहिलो देश होइन । फ्रान्स, बेलायत, नेदरल्याण्ड र जर्मनीमा पनि यस वर्ष सबैभन्दा गर्मी भयो । बुधबार नेदरल्याण्डमा २७.२, जर्मनीमा २६, बेलायतमा २५ र फ्रान्समा २६ डिग्री तापक्रम दर्ता भयो । यी देशमा मार्चमा औसत तापक्रम १८ डिग्रीसम्म रहन्छ ।

चर्चामा

सम्बन्धित समाचार