बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा ३ मेडीकललाई ताकेता

बुढिनन्दा नगरपालिकाद्धारा ३ मेडीकललाई ताकेता

  • शुक्रबार, चैत्र २०, २०७७
बुढिनन्दा नगरपालिकाद्धारा ३ मेडीकललाई ताकेता

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले सो क्षेत्रमा रहेका तिन मेडीकललाई ताकेता गरेको छ । मेडीकल दर्ता तथा संचालन सम्बन्धीका कागजात सहित ३ दिन भित्र नगरपालिकामा उपस्थित हुन ताकेता गरीएको हो ।
कोल्टी क्षेत्रका नबिन मेडिकल, बिशाल मेडीकल र पर्भायु मेडिकल स्टोरलाई मेडीकल दर्ता तथा संचालन सम्बन्धीका सबै कागजात सहित उपस्थित हुन ताकेता गरीएको बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताएका छन ।
मनोमानी रुपमा संचालन भएका मेडीकलहरुले औषधी पनी मनोमानी गरी बिक्री बितरण गरको भन्ने जनगुनासो पछि ३ ओटा मेडीकलहरुलाई ताकेता गरिएको नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मीले बताएकी छन । तिन ओटै मेडीकललाई पहिला ७ दिनको ताकेदा म्याद दिएको र अटेर गरेपछि दोस्रो ३ दिन भित्र उपस्थित हुन ताकेता दिएको उपप्रमुख रेग्मीले बताएकी छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार