शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका १ पुर्ण खोपयुक्त वडा घोषणा

बुढिगंगा नगरपालिका १ पुर्ण खोपयुक्त वडा घोषणा

  • बिहिबार, चैत्र १९, २०७७
बुढिगंगा नगरपालिका १ पुर्ण खोपयुक्त वडा घोषणा

बाजुरा–बुढिगंगा नगरपालिका वडा नम्बर १ पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडाका १६ महिना देखी २३ महिना सम्मका बालबालिकाहरुले खोप लगाउन कोही पनी नछुटेको र नछुटाउने उदेश्यका साथ वडालाइ खोपयुक्त वडा घोषणा गरिएको अहेब तारा खत्रिले वताएकि छन् ।
वडामा १६ महिना देखी २३ महिना सम्मका ६१ जना वालवालिका रहेको सबैले सम्पुणर् खोप पाएको खत्रिले बडिमालिका खबरलाई बताएकि छन् । ्वडा न १ का कार्यबाहक अध्यक्ष ललित बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढिगंगा नगरपालिका उपप्रमुख तारा खाती थापा रहेकी थिइन । कार्यक्रमको सञ्चालन स्थानिय रण बहादुर थापाले गरेका थिए ।
प्रमुख अतिथि उप प्रमु्ख खाती थापाले वडामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई बधाई दिनुका साथै आगामी दिनहरुमा पनी नगरपालिकाको पुणर् साथ सहयोग र सर्मथन रहेने बताएकी छन । सोही नगरपालिका वडा नम्बर २ भने बुधवार पुणर् खोपयुक्त वडा घोषणा भएको थियो । गौमुल गाउँपालिका भने २ हप्ता पहिला नै पुणर् खोपयुक्त पालिका घोषणा भइसकेको छ । बाजुरामा बाजुरामा १५ महिना मुनिका करिब ६ हजार बालवालिका रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१५ मुनिका बालवालिकालाई १२ वटा सरुवा रोग बिरुद्ध ८ वटा खोप लगाउनुपर्ने हुन्छ । पुणर् खोपयुक्त घोषणा गर्नका लागि सबै बालवालिकाले एउटा पनि खोप नछुट्याएको हुनुपर्ने स्वास्थ्य कार्यलयका महेश चन्दले वताएका छन् । १६ महिना देखी २३ महिना सम्मका बालवालिका गाउँ गाउँमा खोजेर छुटेको भए खोप दिने रहेको स्थानिय तहले वताएका छन् । कोही पनि नछुटेको भए मात्र घोषणा गर्ने रहेको स्वास्थ्य कार्यलय बाजुरामा प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार