शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • १२ औँ राष्ट्रिय जनगणना सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

१२ औँ राष्ट्रिय जनगणना सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

  • सोमवार, चैत्र १६, २०७७
१२ औँ राष्ट्रिय जनगणना सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

बाजुरा — नेपालमा हुन लागेको १२ औँ राष्ट्रिय जनगणना सम्बन्धी जिल्ला स्थरिय गोष्ठी सम्पन्न सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला स्थित सरोकारवालाहरुसंग जिल्ला स्थरिय सचेतनामुलक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।
राज्यका बिभिन्न तहहरुमा बिभिन्न जाती भाष धर्म क्षेत्र बर्ग लिङ अपङता पिछडीएको क्षेत्र तथा समुदाय लैङीग तथा यौनिक अल्पसंख्यक ब्यक्तीहरुको समानुपातीक प्रतिनिधीत्वको सुनिश्चिता गर्न १२ औ जनगणना अभियान संचालन हुन लागेकोले सो अभियानलाई सम्पुणर् तह र तप्काबाट सहयोग गर्न आग्रह सहित सो कार्यक्रमको आयोजना गरीएको जिल्ला जनगणना अधिकारी कणर् बहादुर क्षेत्रीले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए ।
जिल्ला जनगणना कार्यालय बाजुराको आयोजनामा संचालन भएको सो कार्यक्रममा बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहका जनप्रतिनिधीहरु जिल्ला स्थित सरोकार वाला निकाय जिल्ला स्थिै सबै राजनितिक दलका प्रतिनिधी पत्रकारहरुको सहभागीता रहेको थियो अन्तरक्रिया कार्यक्रमको सहयक जनगण्ना अधिकारी दिपेन्द्र पाण्डेले संचालन गरेको कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचारमाध्यामा कार्यरत पत्रकार हरुको समेत सहभागीता रहेको थियो । सो अभियानलाई सफल बनाउन सम्पुर्ण सरोकार वालाहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले अनुरोध गरेका छन ।
जिल्लामा यही चैत १५ गते देखी प्रचार प्रशारका कामहरु सहित बिभिन्न गतिबिधी हरु संचालन ल्याईसकेको जनाएको छ । जिल्लामा २०७८ जेठ २५ गते देखी असार ८ गते १५ दिन सम्म जनगणनाको तथ्याङक संकलन गरिने जिल्ला जनगणना कार्यालय बाजुराले जनाएको छ । आजको मितिले ७० दिन मात्रै बाकि रहेकोले सो अभियानमा सबैको सहयोगको अपेक्षा सहित सो कार्यक्रमको आयोजना गरिएको जिल्ला जनगणना कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार