बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्रिवेणी
  • आर्थिक अभाबमा कुपोषित दलित बालिका अलपत्र

आर्थिक अभाबमा कुपोषित दलित बालिका अलपत्र

  • आइतवार, चैत्र १५, २०७७
आर्थिक अभाबमा कुपोषित दलित बालिका अलपत्र

बाजुरा — बाजुराको त्रिबेणी नगरपालिका ९ पैमामा आर्थिक अभाबमा एकजना कुपोषित बालिका अलपत्र परेकि छन् । १८ महिनाकी सुमित्रा नेपालीको पैसा अभावमा कुपोषणको उपचारमा नहुँदा अलपत्र परेकि छन् ।
सुमित्रा नेपाली तीन महिना देखि कुपोषणकै कारण थला परेको भएपनि उपचारका लागि परिवारसँग आर्थिक श्रोत अभावकै कारण उपचारमा समस्या भएको पिसवीन बाजुरामा कार्यरत मंगल बहादुर बानियाँले वताएका छन् । सुमीत्रा आमा भूजा नेपालीले भनिनु्, छोरी कुपोषण बाट थलिएको भएपनि पैसा नहुँदा कतै लिएर उपचार गर्न नसकेको वताईन् ।
सुमित्रका बुबा धर्म नेपालीको भारतको दिल्ली स्थीत सीमापुरीमा गएको फागुनमा मात्र मृत्यु भएको थियो । निकटका व्यक्तिबाट मारिएको भनिए पनि न्यायका लागि बोलिदिने कोही नभएपछि उनको मृत्युपनि रहस्यमै लुकेको छ । श्रीमानको मृत्युपछि भुजा नेपाली दुई छोरी सहीत नेपाल फर्किएकी थिईन् । त्यो बेला पनि उपचार गराएर नेपाल आएका थिए । जमिन्दा पौने ३ केजी थियो । पछि विस्तारै खानपानमा समस्या हुँदा दुब्लाउँदै गएको सुमित्राकी आमा भुजाले वताईन् ।
भुजाले भनिन्, भारतबाट घर आउँदासम्म सन्चै थियो । पछि बीचमा दुब्लाउँदै गएपछि उपचारका लागि स्वास्थ्य संस्था लिए । धेरै औषधी खुवाएपनि निको नभएको आमाले दुखेसो रहेको छ । टाढा जान सकिएन, नजिकैको बडिमालिका शहरी स्वास्थ्य केन्द्रमा लिँदा केही निको नभएको उनले वताईन् ।
हाल सुमित्रा साढे ४ केजीकी मात्र छन् । उमेर अनुसार १० केजी कम्तीमा हुनु पर्ने स्वास्थ्य कर्मीको भनाई छ । हामीले उपचार गर्न नसक्ने भएपछि स्वास्थ्य चौकी लैजान भनेका हौं, तौल निकै कम छ, बडिमालिका शहरी स्वास्थ्य केन्द्रकी अहेब सीता खत्रीले वताईन् ।
धेरै पटक उपचारका लागि अस्पताल ल्याईन्, थप उपचारका लागि जिल्ला अस्पताल तथा अछामको बयलगडा अस्पताल लग्न भनेपनि आर्थिक रुपमा परिवार कमजोरले अन्यत्र उपचार लिन नसकेको अहेब खत्रिले वताईन् । पैसा नहुँदा उपचार नभएको सीताले बडिमालिका खबरलाई बताएकि छन् । कुपोषित बच्चालाई खुवाउने आरयूडिएफ पनि खुवाउँदा पनि निको नभएको आमा भूजा नेपाली वताईन् ।
भुजा उपचार सहयोगका लागि दुइपटक नगरपालिका पुुगेको भएपनि वास्ता नगरेको उनले वताईन् । भुजाले भनिन् नगरपालिका पुगेर समस्या भनेपनि जनप्रतिनिधी र गाउँका अगुवालाई पनि भने कसैले नसुनेको वताईन् । माघ ८ गते पैमामा स्वास्थ्य शिबिरमा डा. रुपचन्द्र बिश्वकर्माले अन्यत्र उपचार गर्न लग्नु भनेपनि पैसा नहुँदा लिन नसकेको स्थानियले वताए ।
त्रिबेणी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिरिञ्जीवि शाहिले आफुलाई कुनै जानकारी नभएको वताएका छन् । उपचार गर्ने पैसा नहुदा धेरै बालवालिका कुपोषणको शिकार बनिरहेका छन् । दलित र पछाडि परेका वर्गहरुमा कुपोषणको कहर निकै रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार