शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोल्टिमा औषधि पसलेको मुल्यमा मनोमानी, नगरपालिका र प्रशासन मौन

कोल्टिमा औषधि पसलेको मुल्यमा मनोमानी, नगरपालिका र प्रशासन मौन

  • शनिबार, चैत्र १४, २०७७
कोल्टिमा औषधि पसलेको मुल्यमा मनोमानी, नगरपालिका र प्रशासन मौन

बाजुरा–बाजुराको पुर्वोउत्तरी क्षेत्रमा रहेको कोल्टि बजारमा मेडिकलले मनोमानी मुल्य लिने गरेको पाईएको छ । मनपरी शुल्क लिने गरेको भएपनि बुढिनन्दा नगरपालिका, प्रशासन बेखबर रहेको स्थानियले वताएका छन् ।
कोल्टिमा चारवटा मेडिकल रहेका छन् । केहि मेडिकल त दर्ता बिना नै सञ्चालनमा रहेका छन् । दुइवटा मेडिकल नगरपालिका कर्मचारीले सञ्चालनमा गरेका छन् । बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक ओमजंग शाहिले भने मेडिकलले चर्को मुल्य लिने गरेको वताएका छन् । औषधिमा लेखिएको मुल्यमा बिक्रि गर्नुपर्ने हुन्छ कुनै मेडिकलले त १ सय प्रतिशत थप मुल्य लिने गरेको शाहिले वताएका छन् ।
मेडिकल अनुुगमन नगर्दा मनोपोलि भएको स्थानियको आरोप छ । नगरपालिकाले एकपटक अनुुगमन गरेको भएपनि एकजनाले मात्र कागजपत्र देखाएको उपप्रमुख सृष्टि रेग्मिले वताईन् । स्वर्गदारी फार्मेसीले मात्र आफ्नो कागजपत्र देखाएको तर अरुले अनुुगमनका बेला कागजपत्र नै नदेखाएको वताईन् ।
अझ भन्नुुपर्दा नगरपालिका स्वास्थ्य संयोजक जसे लुवार र आयुर्वेद शाखाका कर्मचारी सन्तोष शाहले मेडिकल सञ्चालन गरिरहेका छन् । नाम नभन्ने सर्तमा एकजना स्थानियले भने दुुबै जना अफिस समयमा पनि आफ्नो मेडिकल सञ्चालन गरिरहेको वताए । पटक पटक आफुहरुले गुनासो गर्दा पनि नगरपालिकाले बेखबर गरेको वताए । कोल्टिमा जशे लुवार(बिशाल मेडिकल), नबिन शाहि (नबिन मेडिकल), सन्तोष शाह र गजेन्द्र गिरी (स्वर्गादारी फार्मेसी) ले औषधि पसल सञ्चालन गरिहेका छन् ।
साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले मनोमानी मेडिलक सञ्चालन गरिरहेको गुनासो आएको छ । छलफल गरेर अगाडि बढने बताएका छन् । नगरपालिकाले अनुुगमन गरेको बेला मेडिकलहरु खालि नामको मात्र अनुुगमन गरेको डा. राजुराज जैशीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार