शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाका माध्यामिक विद्यालयलाई कम्पुटर हस्तान्तरण

जगन्नाथ गाउँपालिकाका माध्यामिक विद्यालयलाई कम्पुटर हस्तान्तरण

  • शुक्रबार, चैत्र १३, २०७७
जगन्नाथ गाउँपालिकाका माध्यामिक विद्यालयलाई कम्पुटर हस्तान्तरण

बाजुरा — जगन्नाथ गाँउपालिकाका बिभिन्न बिद्यालयहरूमा कम्पुटरहरू हस्तान्तर गरिएकाे छ । जगन्नाथ गाँउपालिकाको सातौ गाँउसभाले शैक्षिक गुणस्तर सुधारका बनाएकाे नितिअनुसार माध्यमिक विद्यालयलाई सूचना,सञ्चार र प्रविधि सँग जोडन बिद्यालयहरूमा कम्पुटर बितरण कार्य गरिएकाे हाे । बिद्यालयहरूमा विज्ञान प्रयोगशाला,पुस्तकालय,मा.वि.मा इन्टरनेट जडान,दुई वटा नि.मा.वि.मा कम्पुटर शिक्षक र गुरुकुलमा स्वयमसेवक शिक्षकको व्यवस्था,सामुदायीक अध्ययन केन्द्रहरुको स्तर वृद्धि गरी युवा सुचना केन्द्रलाई पुस्तकालयको रुपमा विकास,विद्यालयको शैक्षिक गुणस्तर सुधार,अतिरिक्त कक्षा संचालन र शिक्षकहरुलाई पेशागत तालिम,माद्यमिक विद्यालयमा प्राविधिक धारको शिक्षा संचालन र आधारभुत तहका विद्यालयमा विद्युतिय हाँजिरी जडान गर्ने निति बनाएर बिद्यालयहरूमा साे कार्य गरिएकाे जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए ।

गाउँपालिकाकाे नीति तथा कार्यक्रममा उल्लेख गरिए अनुसार सबै बिद्यालयहरूकाे शैक्षिक क्षेत्रकाे सुधार सोही नीतिका आधारमा गाँउपालिकाले आर्थिक बर्ष २०७७।७८ मा मा.वि र नि.मा.वि.मा विद्युतिय हाँजिरी जडान,कम्पुटर शिक्षकको व्यवस्था र तिन वटा मा.वि.मा इन्टरनेट जडान गरिसकेकाे राेजगार संयाेजक जाेशीले बताए । जसमा देवलकोट मा.वि.मा कृषि जे.टी.अ.को पठनपाठन,पालिका भित्रका २६ जना स्वंयम सेवक शिक्षकलाई तिन दिनको सेवा प्रबेश तालिम र प्रधानाध्यापक र लेखापाललाई दुइ दिनको लेखा व्यवस्थापन तालिम सम्पन्न भएको गाउँपालिकाले जनाएकाे छ ।

शैक्षिक गुणस्तर सुधारका लागि गत बर्ष तिन वटा मा.वि.मा कम्पुटर ल्यावको व्यवस्था गरिएको थियो भने यस बर्ष महादेव आधारभुत विद्यालय मनिकाँडा र वालविकास आधारभुत विद्यालय तल्लो हुनी लाई ३।३ वटा डेक्सटप कम्पुटर १।१ सेट पिन्ट्रर र १।१ सेट फोटोकपी मेसिन गाँउपालिकामा एक समारोहका विच प्रमुख प्रशासकित अधिकृत विनोद प्रशाद गैरेले हस्तान्तरण गरेका छन ।

नेपाल सरकारले कम्पुटरलाई अनिवार्य बिषयको रुपमा लागु गरे पनि अधिकाँस विद्यालयमा कम्पुटर नभएका कारण विद्यार्थीले सैद्धान्तिक ज्ञान हाँसिल गरेपनि प्राटिकल नभएका कारण विद्यार्थीहरुले व्यवहारिक रुपमा कठिनाइ भोग्नु परेको विषयलाई मध्यनगर गरि गाँउपालिकाले प्रत्येक विद्यालयलाई कम्पुटरको व्यवस्था गरिएको शिक्षा शाखाका प्राविधिक सहायक दिपक भण्डारीले बताए । यसै बर्ष गाँउपालिका भित्रका दुई वटा सामुदायीक अध्ययन केन्द्रलाई १।१ वटा कम्पुटर,प्रिन्टर र पुस्तकालयका लागि आवश्यक बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले बताए  ।

चर्चामा

सम्बन्धित समाचार