बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • दुनियाँलाई तमाशा देखाउँदैछ सरकारले।

दुनियाँलाई तमाशा देखाउँदैछ सरकारले।

  • शुक्रबार, चैत्र १३, २०७७
दुनियाँलाई तमाशा देखाउँदैछ सरकारले।

सुरेशकुमार पान्डे। अहिले फेरी देशमा कोरोनाको बहाना बनाएर गरिब जनतालाई दुःख दिने प्रात्न भयकोछ।कति पय डाक्टरहरु समेतले साबधानी बरतनु पर्ने बताउँदै आएकाछन।र अघोषित रुपमा देशभित्र फेरी लाकडाउँनको अबस्था श्रृजित गर्ने प्रयात्न गरिँदैछ।हामीले जनतालाई शुरक्षित रहनु पर्छ भन्नेमा समर्थन गर्छौँ तर के यो भनेर पुग्छ त?राज्याको कुनै दाईत्व हुँदैन रोक थाम गर्नलाई नयाँ प्रकारका अरु कयौँ साबधानी बर्तिनु पर्ने हुँन्छ।तर सरकरको तर्फ बाट र सरकार बाट फुटेर गएकाहरु स्वायमले हजारौँ हजार जनतालाई सडकमा उतारेर जुलुश गर्छ,सभा गर्छन त्यो बेला किन सेफ्टीको ध्यायन दिँदैनन।के कोरोना फैलाउँनमा सरकार स्वायमको भागिदारी छैन?यो बिषय प्रति पनि त ध्यान जानु पर्छ कि प्रदैन?बसमा एउटा सिटमा तिन जना बस्छन बस भित्र दुईबस भन्दा बढि मान्छे हुन्छन।त्यो बसमा सरकारी रुल र रेगुलेशन लागु हुँदैन।पराईबेट बस हरु हुँन बिरोध गर्दा बित्तिकै तल झार्छन त्यो संकटमा पर्न को चाहान्छ सबैलाई आ-आफ्नो गनतब्यमा जानु पर्ने हुँन्छ।चिया मा अलि बढी पैसा तिरेर जाँदा पनि कोचाकोच हुँन्छ आखिर यता सरकारको ध्यान किन जान सक्दैन?उनिहरु आफै तमासा गर्दैछन दुई तिहाई सरकार उपहाशको श्रोत भयो।
पहिले फुटेर अहिले फेरी आपसमा मिल्ने कुरा हुँदैछन।मिले ठिकैहो मिल्नै पर्छ तर यिनिहरुको मिल्ने सोँच कसरी पलायो?मुख्य बिषय त्यो हो।मिस्सिनै थियो भने किन फुटेका हुँन?एमाले र ए माओवादी सरकार बनाउँन का लागि मात्र जुटेको थियो।उनिहरुले पाल्टी एकता गर्दा हामिले यो स्वार्थि एकताहो सत्ताको लागि गरिएको एकता खास गरेर बालुवाको गोलो चिसो हुँदा सम्म गोलो देखिन्छ सुक्यो भने सुस्त चलेको बतासले पनि उडाई दिन्छ।त्यो अपबित्र गठबन्धन थियो र त्यसको रिजल्ट फुटेर प्रष्ट देखियो।वास्तबिक रुपमा उनिहरुको जुट र फुटमा कत्तिपनि नीति र सिधान्तको लागि थिएन।केवल सत्ता साझेदारी हो अहिले पनि ए माओबादीर एमालेको एकता हुन्छ भनेपनि त्यो नितान्त निजि स्वार्थमा आधारीत हुँनेछ।त्यो उनिहरुले गरेको तमासाले देश र जनतामा के कस्तो असरपरेकोछ,अनि अन्तरराष्ट्रीय स्तरमा हाम्रो देशकै लागि बिदेशीहरुले यतिबेला हेर्ने अबस्था कस्तोछ।सवाल यो पनि हो।उनिहरु जुटे ,फुटे र अब फेरी पनि जुट्लान जुटेको फुटेको भन्दा राम्रो हो।जनताले गैर कम्युनिष्ट भन्दा कम्युनिष्ट भनौदाहरुको भयपनि सरकार रहुश भन्छन।देशको हितमा त्यो प्रतिकृयावादीहरु बिदेशीका दलालहरुको सरकार बन्नु भन्दा कम्तिमा नाम धारी कम्युनिष्ट भएपनि ठिक होला भनेर जनतामा गफ भएको सुन्निन्छ।तर कति पयल देशमा जुनसुकै सरकार आएपनि उस्तै पुरानो ब्यबस्थानै आएको महेशुर्ष गरेकाछन।कता कतिले बहुदल आएपछि देशको अबस्था पहिलेको भन्दापनि तरल हुँदै गएको,महेङ्गि भ्रष्टचारी काला बजारी र हत्या हिँशा बलत्कारमा ईजाफा भयको कुराहरु गर्छन र यो भन्दा निर्दलिए सरकार ठिक पनि भन्छन।त्यो उनिहरुको बर्तमान सरकार सँग रुष्ट भएपछि निक्लेको बिचारहो भन्न सकिन्छ।किन कि राजतन्त्रलाई कसैले पनि ठिक हुँन्छ भन्दैनन तर घुमाई फिराई यो सरकार भन्दा त पुरानै पञ्चायति ब्यबस्था ठिक थियो भन्नेहरुमा धेरै जसो हिन्दुवादी हरु भेट्टिन्छन।तर अहिलेको अबस्थामा निर्दलिए पञ्चायति ब्याबस्था र हिन्दु राष्ट्रको माग गर्नु सहि राजनीतिक लाईन हुँदै होईन बरु त्यो भन्दा कताहो कता धर्मनिरपक्षियता प्रगतिशिल ब्यबस्था मात्रै होईन प्रतेक जात र धर्मको सम्मान गरेको हो।एउटा राष्ट्र बन्नलाई कयौँ जात जाति भाषाभाषी र धर्महरु को आबस्याकता पर्छ।बहुजाती बहु धर्म र बहु भाषा भएको देशमा कुनै एउटा जाती भाषा वा धर्मको बकालत राज्याले गर्नु भनेको बाँकि जात भाषा र धर्मिक लाई अन्याय गर्नु हो उनिहरुको नागरिक हक खोस्नु हो,त्यसलाई कहिलेपनि सहि भन्न सकिदैन।
हाम्रो देश धेरै प्रकारका जातीहरु बाषा-भाषीहरु र कयौँ धार्माबल्मिबीहरुको आसियाना भएकोले धर्म निरपक्षियतानै न्याय संगत हुँन्छ।त्यही बाटोलाई शम्बिधानले पछ्यायको छ।हुनत सम्बिधानले देशका सबै ब्याक्तिहरु लाई न्याय गर्न सकेकोछैन तर पनि बिगतका सम्बिधानहरु भन्दा प्रगगतिसिल सम्बिधानछ अहिलेको अबस्थामा।सम्बिधान लाई सँस्थागत गरेर हामि अगाडि बढ्नु पर्छ।
पहिले देखिनै हामिले लगातार भन्दै आएका छौँ हाम्रो देशमा संघियताको आबस्याकतानै छैन।संघियता र शान्ति सँग सँगै अटाउँन सक्दैन।संघियता आफैमा खराब नहोला तर हाम्रो देशको लागि यो फलदाएक हुँन सक्दैन।
देशका जनताले संघियताको कुनै काल खण्डमा माग पनि गरेका थिएनन।यो अत्यान्तै महेङ्गो ब्यसब्था हो आर्थिक रुपबाट पनि हाम्रो देशको लागि यो ब्यबस्था कुनै पनि हालतमा ठिक छैन।पटक-पटक संघियता को बिरुद्धमा जनताले भन्दा पनि जनताको सुनाई नहुँनुको कारण केहो?जब की यो संघियता हाम्रो देश र देशका जनतालाई ठिक छैन तर पनि कतिपय राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक स्वार्थमा वा बिदेशीका दवाबमा यो खारेज गर्न सकि रहेकाछैनन।यदी समयमानै संघियता फालेनौ भने संघियताले हाम्रो देशनै फाल्ने देखिन्छ।
जुन सुकै कोण बाट हेरेपनि देशलाई फाईदा भन्दा बढी नोक्सान हुँदै आएकोछ।
देशमा बिदेशी अति क्रमण रोक्ने प्रयात्न हुँदैन नेताहरु बाट बिदेशी साम्राज्यावाद लाई खुसि पारेर सत्तामा काबिज रहने प्रयात्न मात्र हुँन्छ।
त्यसैको परिणाम बिदेशी शक्तिले देशको त्यो दुई तिहाईको सरकारलाई टुक्राउँन गरेको शड्यन्त्रमा सफल पनि भएकोछ।
साम्राज्यावादको गोटी बनेर संसद भङ्ग गराउँनेहरु अहिले कुन नाकाचालले फेरी जुट्ने धाग लगाउँन थालेकाछन।अहिले सम्म एकले आर्कालाई बिदेशका खेलौना दलाल भयको आरोप प्रति आरोपहरु लगाउँदै हिँडेकाछन।
आफ्नो घरमा आगोलगाएर खरानी बेच्ने हरुको मिलेर जान सक्ने हिम्मत भयता राम्रै हुँनेथियो।थोरै नैतिकता बाँकीछ भनेत एक ढिक्का भएर देश बाट संघियतालाई हटाएर देखाउन नी अनि काला पानी बाट छिमेकिका सेना हटाएर आफ्नो कब्जामा ल्याएर देखाउँ।तब तिमिहरु साँच्चै भन्दा देशका रक्षक रहेछौ भनेर आम नागरिकले मान्नेछौँ।
देशमा धेरै पाल्टी भएर वा ठुलो पाल्टी भएर मात्र हुँदैन साँच्चै भन्दा देशको पार्टी हुँनु पर्छ।जस्ले देशको लागि जनताको लागि शंघर्ष गरोश त्यस्तो पार्टी हुँनु पर्छ।तर यँहा ठुला भनौदा पार्टीहरु मात्र कुर्चिको खेलमा ब्यस्थछन।के यो चालाले देशको हित होला?पक्कै पनि हुँदैन।हाम्रो देश अहिले फिजि जस्तै अबस्थामा पुगेकोछ।यो ‘कोमामा’भएको अबस्थानै हो।
देशको यस्तो जटिल परिस्थितिमा पनि नेताहरुको ज्ञानिन्द्रिय बन्द हुँन्छ भने त्यो नेता देशको लागि कुनै कामको छैन भन्नेकुरा बुझ्नु पर्छ।
अहिले कोरोनाको कहरको बहाना बनाएर तमाम नागरिकहरुमा फेरी खौफ श्रृजित गर्ने प्रयात्न भयको देखिन्छ।बिगतका दिनमा हामि बिदेशमा बस्ने खास गरेर भारतमा परिश्रम गर्ने आम शोशित पिडित गरिब मज्दुरहरुले धेरै सास्ति भोग्नु परेको थियो।जनताको हेरदेख गर्न खटिएको राजदुत समेतको लापर्वाही गैर जिम्मेदाराना ब्यबहारले कयौ नागरिक बिचिल्लिमा परेका थिए।मात्र सामाजिक संगठन हरु जस्मा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्याक्रताहरुको सम्जदारीले गर्दा थुप्रै नेपाली मज्दुरहरुको ज्यान बचेको थियो।भारत स्तित नेपालीहरुले सन १९७९देखुन आफ्नो रक्षा शुरक्षा स्वायम आफ्नै बलबुतामा गर्दै आएकाछौँ।हाम्रा लागि दुबै देशको सरकारले अंश हेर देख गर्न सकेको छैन।त्यो अबस्था फेरी न आउस भन्दै आजैबाट आउँने समस्याको समाधान खोज्न सबैलाई आबहान गरिन्छ।पर्वाशमा रहेका श्रमजीवी हरुले एक आर्काको परसपर सहयोग गरेर मात्र हामिले समस्या सँग शंघर्ष गर्न सक्नेछौँ।सरकारको भरोशामा रहेको भए त बिगतका दिनहरुमा नै नेपालीको लाश नै गनेर नसक्किने हुँथ्यो।सरकार अहिले झनै दुर्लव अबस्थामा छ।दुनियामा तमासा र उपहाशको श्रोत भयकोछ।यस्तो सरकारको देशभित्रै पनि खासै भर हुँने कुरा छैन।

चर्चामा

सम्बन्धित समाचार