शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • राैतहटमा मृत अवस्थामा युवतीको शब फेला

राैतहटमा मृत अवस्थामा युवतीको शब फेला

  • बिहिबार, चैत्र १२, २०७७
राैतहटमा मृत अवस्थामा युवतीको शब फेला

मेवालाल यादव —  रौतहटमा मृत अवस्थामा एक युवतीकाे शव फेला परेको छ। यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा देखि पुर्व दक्षिण राजदेवी न पा को वडा नं १ मोतीपुर टोल देखि पश्चिम तथा राजपुर न पा वडा नं १ पिपरा टोल देखि पुर्व चौरमा रहेको सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेकाले शबको सनाखत हुन नसकेको र पहिचान गर्ने सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं.९८५५०४०९९९, १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराउन समेत डिएसपी श्रेष्ठले आग्रह गरेका छन्

चर्चामा

सम्बन्धित समाचार