बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कुपोषण कहर : कुपोषित डेढ महिनाकी बालिका जिवन मरणको दोसाधमा

कुपोषण कहर : कुपोषित डेढ महिनाकी बालिका जिवन मरणको दोसाधमा

  • सोमवार, चैत्र ९, २०७७
कुपोषण कहर : कुपोषित डेढ महिनाकी बालिका जिवन मरणको दोसाधमा

बाजुरा– बुढिनन्दा नगरपालिका ३ फुवा गाउँ खाँडो बुडथापाकि डेढ महिनाकी छोरी सम्झना बुडथापा कुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेकि छन् । चरम कुपोषणमा रहेकि बालिका आफन्तले उपचारमा सहयोगका लागि आग्रह गरेका छन् ।
जन्मेदेखि नै कुपोषितले ग्रस्त बनेकि बालिकालाई स्थानिय स्वास्थ्य चौकिमा उपचार गर्न लगेको भएपनि अस्पतालले रिफर गरेको थियो । अस्पतालले रिफरको गरेको भएपनि अन्यत्र लिने पैसा नभएपछि बालिका जिवनमरणको दोसाधमा रहेको बालिकाका बुवा शेर बहादुर बुडथापाले वताएका छन् ।
बालिकाको उपचार सहयोगको लागि बुढिनन्दा नगरपालिकामा पुुगेका थिए । नगरपालिकाले यातायाता खर्च बाफत २० हजार दिएको नगरउपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । रेग्मिले भनिन्, बालिका चरम कुपोषण भएका कारणले मृत्युको मुखमा पुुगेको बताएकि छन्, साथै उपचार सहयोगका लागि आग्रह गरेकी छन् ।
खाँडो बुडथापा आफै पनि कुपोषित रहेकी छन् । उनि गर्भवती हुदै कुपोषित भएकाले बच्चा पेटमै रहँदा कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । आर्थिक रुपमा निकै कमजोर रहेको उनको परिवार अन्यत्र लिएर उपचार गर्ने सम्भाबना नरहेको उपप्रमुख रेग्मिले वताईन् ।
खाँडो बुडथापाको उमेर ४० कटिसकेको छ । उनले यो लगाउत ६ बच्चा जन्माएकि छन् । एकातिर धेरै बच्चा जन्माउनु अर्को तिर उमेर छिपिदै जादा बच्चा जन्माउनुले पनि बच्चा कुपोषितनै जन्मेको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका ग्रामिण क्षेत्रमा निकै कुपोषणको कहर रहेको छ । छोरा भन्दा छोरि बढि कुपोषित रहेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार