सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • फुटबल
  • सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

  • सोमवार, चैत्र ९, २०७७
सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

बार्सिलोनाको जितमा मेस्सीले ५६औं र ८९औं मिनेटमा गोल गरे । यस्तै सर्जिनो डस्टले पनि दुई गोल गरे । उनले ४३औं र ५३औं मिनेटमा गोल गरे । एन्टोनी ग्रीजमनले ३७औं र उसमान डेम्बेलेले ७१औं मिनेटमा गोल गरे । सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काए । जितपछि बार्लोना ला लिगाको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । समान खेलबाट ६० अंकसहित रियल तेस्रो स्थानमा छ ।

२८ खेलबाट ने ६६ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ । लुइस सुआरेजले ५४औं मिनेटमा गरेको एकमात्र गोलमा एट्लेटिकोले अलाभेजलाई १-० ले पराजित गरेको हो । अलाेभजका जोसेलुको पेनाल्टी प्रहार एट्लेटिकोका गोलकिपर जान आोब्लाकले बचाएका थिए ।२८ खेलबाट ४५ अंक रहेको सोसिडाड पाँचौ स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार