बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • अलपत्र तिन दाजुुभाइको बालगृहद्धारा काठमाडौमा उद्धार

अलपत्र तिन दाजुुभाइको बालगृहद्धारा काठमाडौमा उद्धार

  • आइतवार, चैत्र ८, २०७७
अलपत्र तिन दाजुुभाइको बालगृहद्धारा काठमाडौमा उद्धार

बाजुरा — बुुढिनन्दा नगरपालिका ५ खोयामा तिन नाबालक दलित तिन दाजुुभाईलाई उद्धार गरिएको छ । बडिमालिका खबरमा अलपत्र रहेको समचार प्रकाशित पछि तिनिहरुको उद्धार भएको हो ।
समचार प्रकाशित पछि काठमाडौमा रहेको अनाथ असाहाय बाल सुुधार काठमाडौले पालनपोषण देखी शिक्षा दिक्षा सम्पुुणर् जिम्मेवारी लिने गरि जिम्मा लिएको छ । समचारमा बुुवा क्यान्सर कारणले मृत्युु र आमाले अर्को बिहे गरेपछि तिन दाजुुभाई अलपत्र रहेको थापा पाएपछि संरक्षणका लागि उद्धार गरिएको संस्थाका अध्यक्ष रमेश देब सुनारले वताएका छन् ।
बुुवाको मृत्यु र आमाले अर्को बिहे गरेपछि तिन दाजुुभाई पेट पाल्नका लागि गाँउ चाहार्ने गरेको स्थानिय पत्रकार कालिका उपाध्यायले वताकि थिईन्् । संस्थाले काठमाडौमा लिएर बिद्यालयमा समेत भर्ना गरिसकेको संस्थाका अध्यक्ष रमेश सुुनारले वताएका छन् । नगरपालिकाको समन्वय तथा सहकार्यमा बालगृहले बच्चा उद्धार गरेको बुुढिनन्दा नगरपालिका उपप्रमुुख सृष्टि रेग्मिले वताएकि छन् ।
बालगृहले ५ बर्षको राजेश दमाई, ३ बर्षको तिलक दमाई र २ बर्षको अमित दमाईलाइ उद्धार गरेको हो । उनिहरु शाहाराबिहिन बनेका थिए, गाँउ डुुलेर मागेर पेटभरिरहेको स्थानियले वताएका छन् । बुवा दल दमाईको भदौ महिनामा भारतमा उपचारका क्रममा मृत्यु भएको थियो । दलकि श्रीमति दरपना दमाईले माघ १३ गते जगन्नाथ गाँउपालिकामा अर्को बिहे गरेर गएपछि अलपत्र रहेको थुमा दमाईले वताएकी छन् ।
दल दमाई माथिल्लो जातिको हलो जोतेर परिवार पाल्ने गरेका थिए । दलनै बिरामी भएपछि दरपनाले मागेर छोरा पालिरहेकि थिईन्, । श्रीमानको मृत्युुको केही महिना सम्म छोरा पालेर बसेको भएपनि छोरालाई माइत जान्छुु भनेर गएकि फिर्ता नभएपछि तिन दाजुुभाइ अलपत्र रहेका छन् । तिन दाजुु भाई कान्छि आमा थुुमा दमाई सँग बस्ने गरेको भएपनि पालनपोषणमा समस्या भएको छ । थुुमा सँग पनि आर्थिक नभएपछि गाँउ पेट भर्न गाँउ डुुल्ने गरेका थिए ।
कान्छि आमा थुुमाले भनिन्, आफु सँग सानो घर भन्दा बाहेक केहि छैन्, श्रीमानले दैनिक ज्याला मजदुरी गरेर खाने गरेका छौ, आफ्नो पनि दुुइवटा छोरी छन्, तिनिहरुलाइ कसरी पाल्ने चिन्ता भएको वताए । माथिल्लो जाति कहाँ गएर लुुगाफाटो मागेर तिनिहरुको शरिर छोप्ने काम गरेको वताईन् । एकातिर दलित समुुदाय अर्कोतिर गरिब आर्थिक अबस्था निकै कमजोर भएकाले उनिहरु अलपत्र रहेको स्थानियले वताएका छन् ।
५ बर्षका राजेशले भने कुुनै दिन खान नपाएर भोकै बस्ने गरेका छौ, भाइहरुले भोकले रुने गरेका छन्, कसैले दिएपछि खाने नभए भोकै बस्ने गरेको वताए । लगाउने लुुगा समेत छैन्, पुुरानो फाटो लुुगा लगाइरहेको उनले वताएका थिए । ३ जना दाजुुभाई बिद्यालय नगएर भोको पेट भर्नका लागि गाँउ डुलिरहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार