बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाले पहिलो पटक कोल्टि बजार अनुुगमन, अखाद्य बस्तु भेटियो

बुढिनन्दा नगरपालिकाले पहिलो पटक कोल्टि बजार अनुुगमन, अखाद्य बस्तु भेटियो

  • शुक्रबार, चैत्र ६, २०७७
बुढिनन्दा नगरपालिकाले पहिलो पटक कोल्टि बजार अनुुगमन, अखाद्य बस्तु भेटियो

बाजुरा — बाजुराको दोस्रो ठुुलो बजार कोल्टि बुढिनन्दा नगरपालिकाले पहिलो पटक अनुुगमन गरेको छ । नगरपालिका अनुगमन समितीद्वारा पहिलो पटक बजार अनुुगमन गरेको बुढिनन्दा नगरपालिका उपप्रमुख तथा अनुुगमन संयोजक सृष्टि रेग्मिले वताएकि छन् ।
कोल्टि बजार बाजुराका ४ वटा स्थानिय तह हुुम्ला, मुुगुु, कालिकोटको मुुख्य ब्यापारि केन्द्रका रुपमा रहेको छ । बजारमा १ सय भन्दा बढि होटल पसल र मेडिकल रहेका छन् । बजारका सबै होटल पसल र मेडिकल अनुुगमन गरेको उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् ।
अनुुगमनका क्रममा धेरै अखाद्य बस्तुु पाईएको छ । ब्यवसाय दर्ता, नवीकरण प्रमाण पत्र नभएको पाईएको थियो । पसलमा कसैले पनि मुुल्य सुचि नराख्ने गरेको अनुुगमन समितिले वताएको छ । मेडिकल अनुुगमन गर्दा एकजना भन्दा बाहेक कसैको पनि प्रमाण नभेटिएको थियो । तिन दिन भित्र नगरपालिकामा कागजपत्र पेश गर्न निर्देशन दिइएको छ । अनुुगमन समितिका एक सदस्यले कोल्टि बजारमा धेरै अखाद्य बस्तुु बिक्रि हुुने गरेको रहेछ, बल्ल अनुुगमन बाट थाहा पाएको वताए ।
खाद्य पदार्थको गुणस्तरको निरीक्षण मार्फत अखाद्य बस्तु सुजि, बिस्कुट, प्यय पदार्थ बरामद गरि नस्ट गरेको उपप्रमुुख सृष्टि रेग्मिले वताएकि छन् । अनुुगमन समितिले दर्ता प्रक्रियामा नआएका ब्यवसायलाई १५ दिनको म्याद दिइएको छ । १५ दिन भित्र प्रक्रियामा नआए कानुुन अनुसार अगाडि बढने नगरपालिको जनाएको छ । अनुुगमनका क्रममा धेरै पसलहरु दर्ता बिना सञ्चालनमा आएको पाईएको छ । अब निरन्तर रुपमा बजार अनुुगमन अगाडि बढाउने रेग्मिले वताईन् ।
लामो समय देखि अनुुमगन समिति नबन्दा बजार अनुुगमन गर्न समस्या आएको थियो । नगरपालिकामा कार्यबिधि पास पछि अनुुगमन समिति बनाएर बजार अनुुगमन गरेको सुुचना अधिकारी रामदत्त न्याउपानेले वताएका छन् । नागरिक समाजले पटक पटक नगरपालिकालाई कोल्टि बजार अनुुगमन गर्न दबाफ दिदै आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार