बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • विभेद न्युनिकरण सम्बन्धी गोष्ठी सम्पन्न

विभेद न्युनिकरण सम्बन्धी गोष्ठी सम्पन्न

  • बिहिबार, चैत्र ५, २०७७
विभेद न्युनिकरण सम्बन्धी गोष्ठी सम्पन्न

बाजुरा —  सुरक्षित गर्भपतन सेवाबारे नागरिक अगुवासँग सामाजिक मुल्य मान्यता र विभेद न्युनिकरण सम्बन्धी एक दिने गोष्ठी मार्तडीमा सम्पन्न भएकाे छ । पीसविन र आइपासको सहकार्यमा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमकाे आयाेजनामा सुरक्षित गर्भपतन सेवा बारे सामाजिक मुल्य मान्यता र विभेद न्युनिकरण सम्बन्धी एक दिने गोष्ठी संचालन गरेकाे हाे । नागरिक समाजका अगुवा महिला युवा राजनितिक कार्यकता पत्रकाहरुकाे सहभागीतामा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा सुरक्षित गर्भपतन सेवा प्रति जनप्रतिनिधी नै जिम्मेवार बन्नु पर्ने जिल्ला स्थित नागरिक समाजका अगुवाले सुझाव दिएका छन् । महिलाको स्वास्थ्य अधिकार र बालबालिकाको भविष्यसँग जोडिएको सवाल भएकोले जनप्रतिनिधी नै बढी जिम्मेवार हुनु पर्ने सहभागीहरुकाे सुझाव रहेकाे थियाे । सुरक्षित गर्भपतन सेवा प्रति जनप्रतिनिधी नै जिम्मेवार बन्नु पर्ने नागरिक अगुवाको सुझाव

मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकारलाई संवैधानिक हकको रुपमा व्यवस्था गरेपनि प्रभावकारी कार्यान्वयन नभएको प्रति नागरिक अगुवाले राज्यका जनप्रतिनिधी जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । मार्तडीमा आयोजित सुरक्षित गर्भपतन सेवा बारे नागरिक समाजका अगुवा सँगको अन्र्तक्रियामा स्थानीय तह नै बढी संवेदनशिल हुनु पर्ने बताएका छन् ।

पीसविन र आइपासको सहकार्यमा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमले दिएको सचेतनाले मात्र प्रर्याप्त नभएको र त्यसका लागि गाउँ तहमा स्थानीय तहले नै चेतना फैलाउनु पर्ने सुझाव गैर सरकारी संस्था महासंघ बाजुराका सचिव कृष्ण अधिकारीले बताएका छन् ।

रेडियो बाजुराको सिकाइ केन्द्रमा आयोेजित सामाजिक मूल्य मान्यता र विभेद न्यूनिकरण सम्बन्धी नागरिक समाजका प्रतिनिधीले चेतना अभाव र स्वास्थ्य संस्थाले दिने सेवा बारे ज्ञान नभएकै कारण अधिकांशले असुरक्षित गर्भपतन गर्नु पर्ने समस्या रहेको र त्यसले महिलाको ज्यानै जोखिममा हुने गरेको महिला विकास मञ्चका कार्यक्रम संयोजक कृष्णा दानीले बताएकी छन् ।

जिल्ला अस्पताल सहीत बाजुराका १५ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपनि निजी मेडिकलबाट अवैध रुपमा असुरक्षित गर्भपतन गराउने कार्य नरोकिएको प्रति राज्य जवाफदेही हुनु पर्ने पत्रकार महासंघ बाजुराका शाखाका अध्यक्ष प्रकाश सिंहको भनाइ रहेकाे थियाे ।

पीसविनका कार्यक्रम संयोजक महेशराज जैशीले सहजिकरण गरेको कार्यक्रममा नेकपा एमालेका नेता रामबहादुर बाँनीया, काँग्रेस नेता जनक थापा, महिला अधिकार मञ्चका अध्यक्ष रुक्मीणी शाह सहीत नागरिक समाजका अगुवा, पत्रकारको सहभागिता रहेको थियो । मार्तडी, कोल्टी, पीलुचौर, बाम्का सहीतका मेडिकलबाट अवैध रुपमा गर्भपतन गराउने कार्य नरोकिएकोले स्थानीय तहले नै निगरानी र नियन्त्रण गरिनु पर्ने धारणा उहाँको छ । महिलाको ज्यान नै जोखिममा रहने, बच्चाको भविष्य नै बर्बाद हुने जस्ता जोखिम बढेको प्रति नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । पीसविनले आइपाससँगको सहकार्यमा जिल्लाका १५ वटा स्वास्थ्य संस्था र बुढीगंगा नगरपालिका, गौमुल गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार