• होमपेज
  • राजनीति
  • निष्कर्षबिना टुंगियो ओली र नेपालबीचको छलफल

निष्कर्षबिना टुंगियो ओली र नेपालबीचको छलफल

  • सोमवार, चैत्र २, २०७७
निष्कर्षबिना टुंगियो ओली र नेपालबीचको छलफल

काठमाडौं– नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल निष्कर्षबीना सकिएको छ। दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चलेको थियो। सोमबारको बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो।

नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं। अब प्रधानमन्त्रीले यसलाई सकारात्मक तरिकाले अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिइएको छ।’

उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए। प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्। पार्टीको आन्तरिक विवाद समाधान गर्न दुई समूह छलफलमा जुटेका थिए।

चर्चामा

सम्बन्धित समाचार