बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

  • आइतवार, चैत्र १, २०७७
प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्। ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’

शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्स करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।

सरकारको नेतृत्व लिनेबारे काँग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाणले प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेकपा एमालेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई पदबाट हटाएको हुँदा अझै राजनीतिक परिदृश्य क्लियर भइनसकेको बताए ।

त्यसलै काँग्रेस थप प्रतिक्षारत रहेको उनको भनाइ छ । नेतृत्व लिने बारेमा कांग्रेसले एक मतले निर्णय गरिसकेको हुँदा पार्टीले नेतृत्व लिनुपर्छ भन्ने बारेमा कुनै समस्या नरहेको भए पनि उचित समयमा मात्रै कांग्रेसले उचित निर्णय लिने उनको भनाइ छ।

‘अहिले तत्कालै सरकार परिवर्तनका लागि हामी धेरै उत्सुक छैनौं,’ खाँणले भने, ‘तर, अब अवश्य पनि सत्ताका बारेमा नयाँ समीकरण बन्नेछ, त्यो नभई राज्यले निकास पाउन सक्दैन।’

चर्चामा

सम्बन्धित समाचार