शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा उद्योग बाणिज्य संघको १९ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन शुुरु

बाजुरा उद्योग बाणिज्य संघको १९ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन शुुरु

  • शुक्रबार, फाल्गुन २८, २०७७
बाजुरा उद्योग बाणिज्य संघको १९ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन शुुरु

बाजुरा–बाजुरा उद्योग बाणिज्य संघको १९ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन बाजुराको सदरमुुकाम मार्तडीमा शुुरु भएको छ । “कृषि पर्यटन र पुर्वाधारको विकास आर्थिक समृद्धिमा जिम्मेवारी, समृद्ध मुलुक निर्माणमा उद्योग बाणिज्यको साझेदारी” भन्ने नाराका साथ शुुरु भएको छ ।
उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष अध्यक्षता देब बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि पुर्व भुमि सुुधारसाहयक मन्त्रि जनक राज गिरी रहेका थिए । २०५७ सालमा दर्ता भएको उद्योग बाणिज्य संघ बाजुुरामा अहिले २ हजार ४ सय २८ जना सदस्य रहेका छन् ।
उद्धघाटन कार्यक्रममा महासचिव तुला रोकाया बार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए, भने आर्थिक प्रतिबेदन कोषाअध्यक्ष चक्र रोकायाले प्रस्तुुत गरेको उद्योग बाणीज्य संघका कर्मचारी टेक बहादुुर धामिले वताएका छन् ।
कार्यक्रममा बिशिष्ट अतिथि, संबिधान सभा सदस्य महा नेपाली, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया, नेपाली काँग्रेसका सचिब रनसिं ऐडि, माओवादी केन्द्रका गोरख सार्की, उद्योग बाणिज्य संघका प्रदेश सदस्य गोपाल कार्की, त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिं रावल, बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह रहेका थिए ।
उद्धघाट कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष गोरख बहादुर बोहोराले गरेका थिए भने सञ्चालन देबेन्द्र नाथले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार