• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भट्ट र स्वाँरको पद धरापमा

सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भट्ट र स्वाँरको पद धरापमा

  • मङ्लबार, फाल्गुन २५, २०७७
सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भट्ट र स्वाँरको पद धरापमा

धनगढी– सर्वोच्च अदालतको फैसालापछि सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित २ जना राष्ट्रिय सदस्यहरुको पद धरापमा परेको छ। राष्ट्रिय सभा सदस्य शारदा भट्ट र तारामान स्वाँरको पद धरापमा परेको हो।

२०७६ साल माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचन भएको थियो। तत्कालीन नेकपाको तर्फबाट राष्ट्रिय सभामा १६ सांसद निर्वाचित भएका थिए। संविधानमा भएको व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभाबाट २ वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने प्रावधान छ । सोही व्यवस्था अनुसार भएको निर्वाचनमा १६ जना नेकपाका तर्फबाट निर्वाचित भएमा थिए। सुदूरपश्चिमबाट स्वाँर र भट्ट निर्वाचित भएका थिए।

तर सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै उनीहरुको पद धरापमा परेको हो।

यसैबीच राष्ट्रिय सभा सदस्य भट्टले सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने बताउँदै एमालेमै फर्किने बताइन्। सूर्य चिन्हबाट चुनाव लडेको उल्लेख उनले पार्टीले जे निर्णय गर्छ सो अनुसार अगाडि बढ्ने प्रतिक्रिया दिइन्। उनी एमाले पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्। त्यस्तै अर्काका राष्ट्रिय सभा सदस्य स्वाँरसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। तत्कालीन नेकपाबाट निर्वाचन उनी माओवादी पृष्ठभूमिका नेता हुन्। याे खबर दिनेश खबर बाट साभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार