शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍‍मा कांग्रेसको घेराउ र नाराबाजी

अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍‍मा कांग्रेसको घेराउ र नाराबाजी

  • आइतवार, फाल्गुन २३, २०७७
अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍‍मा कांग्रेसको घेराउ र नाराबाजी

काठमाडौं– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घेराउ र नाराबाजी  गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै कांग्रेस सांसद्ले उठेर घेराउ र नाराबाजी गरेका हुन् ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा आपत्ति जनाएको हो । संविधानको भावना विपरित अध्यादेशबाट सरकारले शासन चलाएको भन्दै कांग्रेस सांसद पुष्पा भुसालले बैठकमा आपत्ति जनाएकी हुन् । कानुनमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रस्तुत गर्न लागेपछि कांग्रेसका सांसदले सभामुख अगाडिको वेल घेराउ गरेर नाराबाजी गरेका हुन् ।

असंवैधानिक ढंगले सरकार अगाडि बढेको भन्दै भुसालले आपत्ति जनाइन् । संवैधानिक अंगमा आफू अनुकुल नियुक्ति गर्नका लागि संवैधानिक परिषद् ऐनमा अध्यादेशमार्फत् संशोधन गर्न खोजिएको भन्दै विरोध जनाएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार