बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

  • आइतवार, फाल्गुन २३, २०७७
प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं– नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।

प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।

महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् । उनीहरुले न्युनतम काम पनि नगर्ने भए महासचिव किन चाहियो भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार